केपी ओलीको निरंकुश प्रवृति नसच्चिएका कारण समाजवादी पार्टीको स्थापना भएकोः नेता कुँवर

मंसिर १५ अछामः
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को साँफेबगर नगरपालिका वडा नं ३ शिद्देश्वरको वडा भेला सम्पन्नभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सदस्य नृपबहादुर कुँवर नेत्रको अध्यक्षता भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर रहनु भएको थियो ।

Samajik New Add 2082

प्रथम वडा भेलालाई सम्बोधन गर्दै केन्द्रिय कमिटी सदस्य कुँवरले नेकपा एमाले पार्टी विचार, नीति र कार्यक्रममा सञ्चालन नहुँदा विद्रोह भएको धारणा व्यक्त गर्नुभयो । उहाँले केपीशर्मा ओलीका गलत कदमका विरुद्ध पार्टी भित्र लामो समय सम्म अन्तर संर्घष गर्दा पनि केपी ओलीको निरंकुश प्रवृति नसच्चिएका कारण समाजवादी पार्टीको स्थापना भएको बताउनुभयो । नेता भीम रावल प्रति लक्षित गर्दै केन्द्रिय सदस्य कुँवरले सुरुमा आन्दोलन चर्काउन लगाउने अन्त्यमा आएर केपीशर्मा ओलीलाई साथ दिएका कारण भीम रावलले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको धारणा व्यक्त गर्नुभयो ।

भेलामा बोल्दै विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले सरकार र पार्टी सन्चालनमा केपि शर्माको निरंकुश प्रवृत्ति शैलिका कारण विशाल कम्युनिष्ट पार्टी छिन्न भिन्न भएको दाबी गर्नुभयो । केन्द्रिय सदस्य कुँवरले केपि ओलिले पार्टी भित्र कुनै बहस छलफल नगरी केही आसेपासे व्यक्तिको कुरा सुनेर अघि बढेका कारण नेपाली जनताको सपना पूरा हुन नसकेको धारणा व्यक्त गर्नुभयो । त्यसैको परिणाम स्वरूप केपि ओलिको गलत कदमका विरुद्ध एमालेबाट बिद्रोह गरेर समाजावादी पार्टीको निर्माण भएको ठोकुवा गर्नुभयो ।

प्रथम वडा भेलालाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेर बहादुर साउद, शिव बहादुर कुँवर शिलोज, जितबहादुर निशानी, जिल्ला कमिटी उपसचिब, साँफेबगर नगर संगठन कमिटी इन्चार्ज हिक्मत कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य नृप कुँवर, भरत खड्का, जयन्ती बोगटी, भरत कुँवर, नवराज आउजी, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य विनोद धामी, युवा संघका केन्द्रिय सचिवालय सदस्य मोहन साउद, केन्द्रिय सदस्य सतिश कुँवर लगायतले बोल्नुभएको थियो । युवा नेता हेमराज कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको युवा नेता हिमाल कुँवरले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.