आज पनि हल्का वर्षाको सम्भावना, सोमबारबाट मौसममा सुधार आउने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

Samajik New Add 2082

बंगालको खाडीमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको प्रभाव आजबाट हटेर जाने भएको छ।

बंगालको खाडीको मध्य पश्चिम भु-भागमा हिजो शुक्रबार बनेको चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्वतर्फ सर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि यसको अप्रत्यक्ष प्रभावले प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।

यस्तै प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने विभागले जनाएको छ।

भोलि आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ।

सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आईतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आईतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु_भागहरुका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ। सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जानेछ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

-setopati

Leave A Reply

Your email address will not be published.