शिक्षाको विकास पहिलो आवश्यकताः नगरप्रमुख बोहरा

गंगा माध्यामिक विद्यालयको ४३ औं अभिभावक भेला सम्पन्न

Kirci Gyan Kendra

निराजन भण्डारीः
गंगा माध्यामिक बिद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ६ तेसिङगेको ४३ औं अभिभावक भेला तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष नन्दाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहोरा रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोहोराले शिक्षाको विकास पहिलो आवश्यकता भएको भन्दै शिक्षाको विकासका लागि नगरपालिका लागिरहेको बताउनु भयो । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र आगामी दिनमा अझै यसमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

Samajik New Add 2082

कार्यक्रमको विशिष्ट अतिथीमा मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनकराज भण्डारी रहनु भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले बिद्यालयलाई नमुना विद्यालयको रुपमा चिनाउन आफु लागि परेको बताउनु भएको छ ।बिद्यालयलाई प्राविधिक धारबाट सञ्चालन गर्ने प्रक्रिया पनि जारी रहेको बताउनु भएको छ । अव विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्यायनको लागि बाहिरी जानु पर्ने बाध्यताको अन्ते गर्नको लागि प्राविधिक शिक्षा सञ्चालनमा विद्यालयले जोड दिएको पनि बताउनु भएको छ ।

Saud Agro Kailash

यस्तै कार्यक्रमको अर्को विशिष्ट अतिथीमा नगर कार्यपालिका सदस्य भावना बिक रहनु भएको थियो । विशिष्ट अतिथीको आसनबाट बोल्दै बिकले बिद्यालयको शैक्षिक एवम भौतिक बिकासको लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका खेल्नु पर्ने कुरामा जोड दिनु भएको छ ।बिद्यालयका प्रधानाध्यापक भण्डारीले कार्यक्रममा विद्यालयको समसामयिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अभिभावकक भेला तथा सामाजिक परिक्षण कार्यक्रमको अवसरमा कक्षा १ देखी १० सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

निर्धन उत्थान छात्रवृति अक्षयकोषबाट विद्यालयका गरिब ,जेहेन्दार १२ जना विद्यार्थीहरुलाई २७ हजार रकम बराबरको छात्रवृति वितरण गरेको पनि बताईएको छ । कार्यक्रमको अन्य अतिथीमा वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, नरपति भण्डारी ,राजु देवि भण्डारी,गाजली नेपाली ,नेकपा एमालेका रामप्रसाद भण्डारी ,नेपाली काँग्रेस मंगलसेन नगर उपसभापति हेमराज भण्डारी , नेपाल पत्रकार महासंघ अछामका सहसचिव नमराज भण्डारी विभिन्न बिद्यालयका प्रधाध्यापक ,विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधी,टोल बिकास संस्थाका अध्यक्ष ,जेष्ठ नागरिक विद्यालयका शिक्षक ,विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक टंक प्रसाद ढुङगानाले गर्नु भएको थियो ।

-dainikimedia

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.