अछामका कैदीबन्दीहरुको लागि सिपमुलक तालिमको उद्घाटन

Kirci Gyan Kendra

अछामः
अछामका कैदीबन्दीहरुको लागि सिपमुलक तालिमको उद्घाटन गरिएको छ । सिपमुलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले उद्घाटन गर्नुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाई कटाई, हाते कढाई सम्बन्धि कैदीबन्दीहरुलाई तालिम दिईने भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

सिपमुलक तालिमको उद्घाटन गर्दै मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि व्यवहारमा रुपान्तरण गरी जिविकोपार्जन तथा व्यवसायीक हिसावमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताउनुभयो । कारागारमा फुर्सदमा रहेका कैदीबन्दीलाई कारागारमुक्त भएपछि उनीहरुको जीवनयापनमा सहज हुने मन्त्री जोशीको भनाई रहेको छ । यस्तै मन्त्री जोशीले अछाम कारागारमा देखिएका समस्या समाधानको लागि सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कारागारलाई बन्दी जिवनका रुपमा नलिइ सुधार गृहका रूपमा लिनु पर्नुमा जोड दिनुभयो । उहाँले अछाम कारगारमा देखिएको फिल्टर, सोलारको व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले राज्यको कानुन जानीनजानी उल्लंघन गरी कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले कारागारभित्रै सुनौलो अवसर प्राप्त गरेको बताउनुभयो । कानुनको पालना गर्दै कारागारभित्रै सिपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनस्र्थापना हुन सहज हुने उहाँले बताउनुभयो ।

तालिमको उद्घाटन कार्यक्रम मंगलसैन नगर उपप्रमुख सरिता उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रमुख तुल्सिराम अर्याल, एकिकृत समाजवादीका जिल्ला उपसचिव नैन सोडारी लगायतको सहभागिता रहेको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.