अछामका सबै पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न
नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा सम्मेलन सम्पन्न गरेको छ । मंसिर १९ गते मंगलसेन नगरपालिकाको नगर सम्मेलन सकिए संगै अछामका १० वटै पालिकामा सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।

माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार मंगलसैन नगरपालिकाका राजकुमार सोडारीको अध्यक्षतामा ४७ सदस्यीयनगरकमिटी गठन गरिएको छ । यस्तै तुर्माखाद गाउँपालिकामा मनबहादुर बयकको अध्यक्षतामा ५५ सदस्यीय तथा ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ । यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहरा शिशिरको अध्यक्षमा ५५ सदस्यीय, मेल्लेख गाउँपालिकामा ज्वालासिंह साउदको अध्यक्षमा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
यसैगरि साँफेबगर नगरपालिकामा रंगबहादुर ठकुल्लाको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ भने पञ्चदेवल बिनायक नगरपालिकामा अमर विकको अध्यक्षतामा ५५ सदस्यीय, कमलबजार नगरपालिकामा खड्क भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरिएको ईञ्चार्ज साउदले बताउनुभयो ।