जन्मदिनको अवसर रक्तदानदेखि विरामीलाई फलफुत वितरण
अछाम, २२ मंसिरः

जन्मदिनको अवसर पारेर अनेरास्ववियूका केन्दिय सदस्य, अछाम जिल्ला कमिटी उपाध्यक्ष एकेन्द्र कुँवरले रक्तदान गरेका छन् । रक्तदान नै जिवन दान हो भन्ने मान्यता र बिरामिलाई रगत अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ जन्म दिनको अवसरमा रक्तदान गर्नुभएको छ ।
वयलपाटा अस्पतामा पुगेर कुँवरले रक्तदान गर्नुभएको हो । रगतदान अघि कुँवरले वयलपाटा अस्पतालका विरामीलाई फलफुल वितरण गर्नुभएको थियो । अपस्पतालमा उपचार गराई रहेका ३० जना भन्दा बढी विरामीलाई फलफुल वितरण गर्नुभएको हो । जन्म दिनको अवसरमा हुने फजुल खर्च कटाएर अस्पतालका विरामीलाई फलफुल वितरण गरेको बताउनुभयो ।
उहाँले यो पटकको जन्म दिन अरु बेला भन्दा फरक ढंगले रगतदान र अस्पतालका विरामीलाई फलफुल वितरण गरेर मनाएको बताउनुभयो । यो सामाजिक सेवाको कार्यले अन्य युवा पुस्तालाई समेत नयाँ सन्देश दिने बताउनुभयो । कुँवर रगत दान देखि समाजिक कार्यक्रममा सक्रिय रहदै आउनुभएको छ ।
