बसुन्धरा मावि थाल्पाटाले गर्यो पालिका स्तरिय हाजिरिजवाफ प्रतियोगिता

अछाम, २४ मंसिरः

Samajik New Add 2082

बसुन्धरा माध्यमिक विद्यालय तुर्माखाँद -३ थाल्पाटाको आयोजनामा तुर्माखाँद गाउँपालिका स्तरिय माध्यमिक विद्यालयहरुको हाजीरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बसुन्धरा माध्यमिक विद्यालय थाल्पाटामा कार्यक्रम सम्पन्न भएको हो ।
तुर्माखाँद गाउँपालिकाका सातओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बसुन्धरा मावि थाल्पाटा –प्रथम, सिद्धेश्वरी मावि धमाली– दितिय, कालिकेश्वरी माबी तुर्माखाद तृतीय र बिन्ध्यावासिनी मावि आमी सान्त्वना स्थान ल्याउन सफल भएका छन् । प्रथम, दितिय, तृतिय र सान्त्वना स्थान ल्याउन सफल विद्यालय र विद्यार्थीहरुलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा सहभागि अन्य सबै विद्यालयहरुलाई नगद १/१ हजार तथा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । विव्यस अध्यक्ष डम्बर बहादुर बिसी को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रहनुभएका वडाध्यक्ष पदमबहादुर बिसी ले स्थानिय सरकारको रुपमा रहेको गाउँपालिकाले अझै पनि स्थानिय आवश्यकता अनुसार शैक्षिक गतिविधि गर्न नसकेको तथा आगामी दिनमा यस्ता कार्यक्रमहरु गाउँपालिकाले पनि आयोजना गर्नु पर्ने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षकहरु सिद्ध गणेश सावद र दिपेन्द्र बहादुर बिष्टले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.