मंगलसेन न.पा. १० मा अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य सुरु

अछाम २४ मंसिरः

Samajik New Add 2082

मंगलसेन नगरपालिका वडानम्वर १० मा शुक्रबारबाट औपचारीक रुपमा पूर्ण अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य सुभारम्भ गरिएको छ । नगरपालिकाले वडामा ईन्टरनेटको व्यावस्थापन गरेसंगै वडाले घट्ना दर्ता कार्य पूर्ण रुपमा अनलाईन मार्फत सुरु गरेको हो ।

वडा कार्यालय मार्फत अनलाईन प्रणालीबाट घटना दर्ता कार्य प्रारम्भ भएसंगै वडा अध्यक्ष नेत्र बहादुर रावलले आरोही परियारको जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गरेर अनलाईन घट्ना दर्ताको सुरुवात भएको घोषणा गर्नुभएको हो । यसबाट छिटो छरितो र सहज रुपमा नागरिकले सेवा पाउँने वडा अध्यक्ष रावलले विश्वास व्यक्त गर्नुभयो । अनलाईनबाट गर्नुपर्ने घट्ना दर्ता कार्यका लागि नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै अध्यक्ष रावलले वडामा जडान गरिएको ईन्टरनेट सेवालाई प्रभावकारी बनाई सेवालाई निरन्तरता दिईने उल्लेख गर्नुभयो ।

वडा नम्वर १० मा व्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन माध्ययमबाट सुरु भएसंगै मंगलसेन नगरपालिकामा ६ वटा वडाले घट्ना दर्ता कार्य अनलाईन प्रणालीबाट संचालन गरेको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले बताउनुभयो । अन्य वडाहरुमा पनि क्रमशः अनलाईन प्रणाली मार्फत घट्ना दर्ता कार्य संचालन गरिने उहाँको भनाई छ ।

वडा नम्वर १० मा अनलाईन प्रणाली मार्फत व्यक्तिगत घट्ना दर्ता कार्य सुभारम्भ पश्चात स्वा ग्राहीलाई प्रमाणपत्र हस्तान्तरणका क्रममा वडा अध्यक्ष नेत्र बहादुर रावल संगै नगरपालिकाका एम आई एस अपरेटर होम बहादुर साउद र पशु प्राविधिक असोक बोहराको सहभागिता रहेको वडा सचिव दिल बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.