ओझा दम्पतीद्धारा बैवाहिक बर्षगाठको अवसरमा आश्रमका आमाबुवालाई भोज ।
धनगढी उपमहानगरपालिका उत्तरवेडि निवासी एक जोडिले आफ्नो वैवाहिक बर्षगाठको पहिलो बर्ष आश्रममा मनाएका छन । पुष्कर राज ओझा र उनकी धर्मपत्नी पुजा फुलरा ओझा लगाएत उनका परिवार समेतको उपस्तिथिमा मानव सेवा आश्रम धनगढीमा पुगेर आश्रममा बसेका आमा बुवालाई खानम खुवाएका छन ।

बिगत केही वर्ष देखि मानव सेवा आश्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएको र आफुहरुको वैवाहिक वर्षगाँठ पनि आश्रममा मनाएर ६५ जना असहाय आमाबुबा लाई खाना खुवाएको ओझाले बताउनु भयो । खाना दान जीवन दान सरह भएकोले आफुहरुले खाना दान गरेको बताउदै यस्ता सामाजिक कार्यमा निरन्तर लागिरहने समेत उहाले बताउनु भयो ।
यसैगरी उहाँहरुको जिवनमा सुख , शान्त र विश्वासिलो सम्बन्ध कायम रहोस भनी मानव सेवा आश्रम धनगढीका अभियान्ताहरुले शुभ आशिष समेत दिनु भएको बताईएको छ ।