जिल्लाव्यापी मावि स्तरिय निवन्ध प्रतियोगिता बारे

२६ मंसिरः
“घरेलु हिंसाले बालवालिकामा परेको असर” विषयक अछाम जिल्लाव्यापी मावि स्तरिय निवन्ध प्रतियोगिताको अन्तिम नतिजा थाहा पाउँनका लागि तमाम प्रतिष्प्रधि विद्यार्थि भाईबहिनीहरु र सुभेच्छुकहरुमा कौतुहलता छ ।
निवन्ध प्रतियोगिताको नतिजा सम्वन्धि यहाँहरुको व्यग्र प्रतिक्षाका सन्द्रभमा निम्न कुराहरु समेत जानकारी गराईन्छः
१. हामीलाई प्राप्त निवन्धहरुको मुल्याँकनका लागि एउटा स्वतन्त्र निर्णायक समिति बनाइएको छ भने उहाँहरुले मूल्याँकन कार्य गरिरहनुभएको छ ।
२. निर्णायक समितिले आयोजकलाई विजेताहरुको नामावलि उपलब्ध गराए पश्चात मंसिर २६ गते (आज) बेलुका टप ४ मा पर्न सफल निवन्धहरु घोषणा गरिने छ र सम्वन्धित विद्यालय तथा विद्यार्थिलाई खबर गरिने छ ।
३. मंसिर २८ गते हुने विशेष कार्यक्रमका विच विजेताहरुलाई पुरस्कृत तथा सम्वन्धित विद्यालयलाई सम्मान गरिने छ ।
४. सहभागी सबै विद्यालयहरुलाई स-धन्यवाद सहभागिताको प्रमाणपत्र प्रदान गरिने छ ।
५. यस प्रतियोगितालाई सफल पार्न साथ, सहयोग, सहकार्य र समर्थन गर्ने निकाय वा व्यक्तिहरुलाई उहाँहरुले गर्नुभएको कार्यको कदर स्वरुप कदरपत्र प्रदान गरिने छ ।
६. प्रतियोगितामा सहभागी सबै प्रतिष्प्रधि निवन्धहरुको संयुक्त संगालोका रुपमा लगत्तै (केही महिनामै) एउटा पुस्तक प्रकाशन गरिने छ ।
७. पुस्तकमा निवन्धहरुका अलावा निर्णायक समितिको प्रतिवेदन, आमन्त्रीत अतिथिहरुका मन्तव्यको सारसंक्षेप र यस प्रतियोगिताको खर्चको सम्पूर्ण विवरण समेत समावेश गरिने छ ।
मंगल मिडिया नेटवर्क प्रा. लि. (मंगलखबर डटकम) परिवार, अछाम
Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.