मंगल मिडिया नेटवर्क द्धारा निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिकः यी हुन टप ४ प्रतिष्प्रधि

२६ मंसिरः

Samajik New Add 2082

मंगल मिडिया नेटवर्क प्रा. लि. (मंगलखबर डटकम) द्धरा आयोजित “घरेलु हिंसाले बालवालिकामा परेको असर” विषयक अछाम जिल्लाव्यापी मावि स्तरिय निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । आईतबार साँझ निर्णायक समितिले आयोजकलाई उपलब्ध गराएको विवरण अनुसार टप ४ मा परेका प्रतिष्प्रधिहरुको नामावलि सार्वजनिक गरिएको हो ।

नेपाली वर्णानुक्रमका आधारमा आयोजकले सार्वजनिक गरेको नतिजा प्रतिष्प्रधिहरुमा करन साउद, कल्पना साउद, मंगल साउद र लक्ष्मी शाह रहेका छन । करन गगुडा मावि, चौरपाटी गाउँपालिका -३, कल्पना दशपल्ले पानी मावि, चौरपाटी गाउँपालिका – २, मंगल पूर्णचन्द्र मावि, रामारोशन गाउँपालिका -६ र लक्ष्मी ऐश्वर्य मावि, बान्नीगढी जयगढ गाउँपालिका -६ का विद्यार्थि रहेको मंगलखबर डटकमका सम्पादक कमल रावलले जानकारी दिनुभयो ।

प्रतिष्प्रधि निवन्धहरु मध्येबाट निर्णायक समितिले आयोजकलाई उपलब्ध गराएको अन्तिम नतिजाको रुपमा टप ४ मा पर्न सफल निवन्धहरुलाई मंगल मिडिया नेटवर्कको पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाली वर्णानुक्रमको आधारमा सार्वजनिक गरिएको जनाईएको छ । टप ४ मा पर्न सफल प्रतिष्प्रधि विद्यार्थि र सम्वन्धित विद्यालयलाई २०७८ मंसिर २८ गते मंगलसेनमा आयोजित पुरस्कार वितरण समारोहमा उपस्थितिका लागि समेत अनुरोध गरिएको छ ।

मंगल मिडिया नेटवर्कले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारि आयोजना गरेको जिल्लाव्यापी मावि स्तरिय निवन्ध प्रतियोगिताको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम यहि मंसिर २८ गते अछाम क्याम्पसको सभाहलमा आयोजना गरिएको आयोजकको भनाई छ । प्रतिष्प्रधि सबै निवन्धहरुको संगालोका रुपमा पुस्तक समेत प्रकाशन गरिने जनाईएको छ । अछाम जिल्लामै पहिलोपटक आयोजना गरिएको जिल्लाव्यापी निवन्ध प्रतियोगिताको लागि बिभिन्न सरकारी तथा गैर सरकार निकाय एवं सरोकारवाला पक्षसंग सहकार्य तथा समन्वय समेत गरिएको मंगलखबरका सम्पादक रावलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.