रुपान्तरणका लागि बचत समुह गठन सम्बन्धी समन्वयात्मक बैठक कमलबजारमा सम्पन्न
अमर धामी, कमलबजार २ पौषः

रुपान्तरणका लागि बचत समुह गठन सम्बन्धी पालिकास्तरीय समन्वयात्मक बैठक कमलबजारमा सम्पन्न भएको छ । बैठकले कमलबजार नगरपालिका अन्तरगतका वडा न. २ बजुडा, वडा न. ४ चाल्सा र वडा न. ५ कुईका का बिभिन्न टोलहरुमा बचत समुह गठन गर्ने निर्णय गरेको हो ।
वडा न. २ बजुडाको मेलाटोल वडा न. ४ चाल्साको सुनपिपल, माथिल्लो ठाना र मेलडाडा , वडा न. ५ कुईकाको बुकाने र नाडतोला टोलमा समुह गठन गरीने बताइएको छ । वाक नेपालको आयोजनामा भएको बैठककोे अध्यक्षता कमलबजार नगरपालिका कार्यवाहक नगर प्रमुख भिम बिष्टले गर्नु भएको थियो । वाक नेपाल जिबिको र्पाजन परीयोजना अन्तरगको उक्त कार्यक्रमले दलित टोल, बिपन्न गरीब परीवारका सदस्य हरुलाई आय–आर्जन र सीपमुलक तालिमको ब्यबस्था गरी बचत गर्ने बानि बसाल्ने लक्ष्य लिएको सहभागिलाई जानकारी गराइएको थियो । कार्यक्रमले बचत समुह गठन गरी ४५ हप्ता सम्म समुहका सदस्य हरुलाइ बचत गर्ने बानि बसाल्ने जानकारी गराइएको छ ।
बैठकमा सहभागिहरुले दलित बिपन्न र गरीब परीवारलाई आयआर्जनका गतिबिधि गरे मात्र बचत गर्न सक्ने धारणा राखेका थिए । वाक नेपाल जिबिकोर्पाजन परीयोजना अधिकृत धिरज ढुंगानाले सहजिकरण गर्नु भएको बैठकमा कमलबजार नगरपालिका अन्तरगत बिभिन्न वडाका वडा अध्यक्ष हरु, निमित्त प्रमुख प्रसासकीय अधिकृत खडग बहादुर बिष्ट, बिभिन्न बिषयगत साखाका प्रमुखहरु, पत्रकार र सरोकारवाला हरुको सहभागिता रहेको थियो ।