मूल्य श्रृङ्खलाको विष्लेषण सम्वन्धि अन्तरक्रिया बैठक मंगलसेनमा सम्पन्न
रैथाने बालि प्रबर्द्धन तथा तरकारिको बजारिकरणमा जोड दिनुपर्ने सरोकारवालाको सुझाव
होम साउद, अछाम ६ पौषः

मूल्य शृङ्खलाको विष्लेषण सम्वन्धि अन्तरक्रिया बैठक मंगलसेनमा सम्पन्न भएको छ । वाक नेपाल र वल्डभिजनको साझेदारिमा संचालित एन. आर. एल. परियोजना अन्तरगत कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलको अध्यक्षतामा भएको अन्तरक्रिया बैठकमा बैठकमा अवस्था बिष्लेषणबाट प्राप्त सूचना तथा जानकारिबारे प्रस्तुतिकरण गरिएको थियो । साथै प्रस्तुति माथि खुला छलफल र सुझाव संकलन समेत गरिएको छ । सो क्रममा ४ वटा बालि (आलु, अदुवा, तरकारि र ममफलि) को उत्पादक समूह गठन गर्ने गरि कार्ययोजना समेत तयार पारिएकाको छ ।
बालि छनोट गर्दा विभिन्न ८ वटा सूचकहरुलाई आधार मानिएको सो अवसरमा जानकारी गराईएको थियो । जस अन्तरगत बजारको माग, उत्पादकत्व, आम्दानी, भण्डारण क्षमता, रोजगारि अवस्था, किसानको सहभागीता र मूल्य अभिबृद्दि लाई मुख्य आधार बनाईएको थियो ।
कार्यक्रममा जिल्ला स्थित सरोकारवाला, तरकारि संकलक तथा बिक्रेता र उत्पादक कृषकहरुको सहभागिता थियो । सहभागी सरोकारवालाहरुले स्थानीय रैथाने बालि प्रबर्द्धन र तरकारिको बजारिकरण तथा दिगोपनामा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
गैसस महासंघ, पत्रकार महासंघ, उद्योग बाँणिज्य संघ अछामका प्रमुख प्रतिनिधि समेतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण वाक नेपालका कार्यक्रम संयोजक दिलिप बोहरा, जिविकोपार्जन अधिकृत धिरज ढुंगाना र निरञ्जना पनेरुले गर्नुभएको थियो भने वाक नेपालका निमित्त व्यावस्थापक कविराज जोशीले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
वाक नेपाल र वल्डभिजनको साझेदारिमा संचालित एन. आर. एल. परियोजना अछामको साफेबगर, कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका तथा मेल्लेख गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भईरहेको छ ।