एमाले मंगलसेन १ र २ को संयुक्त कार्यकर्ता भेला सुवाखादमा सम्पन्न

एकेन्द्र थापाः

Samajik New Add 2082

नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर १ र २ को संयुक्त कार्यक्रर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमीटी अध्यक्ष प्रशान्त रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती केन्दिय कमिटी सदस्य तथा क्षेत्र प्रतिनिधी सभाका सदस्य यज्ञ बहादुर बोगटी रहनु भएको थियो । प्रमुख अथितीको आसनबाट बोल्दै केन्दीय सदस्य बोगटीले नेकपा एमालेको सरकार ढाल्न बिदेशी राजनितीको बिशेष भुमिका रहेको बताउनु भयो ।

प्रमुख अथिती बोगटीले नेकपा एमालेबाट चुइटीयर गएकाहरुले गाउमा गएर कमीसनको भ्रम छरिरहेका आरोप लगाउनु भयो । देशमा बिकाश गर्न नेकपा एमालेको आवश्यक रहेको पनि बताउनु भयो ।

अछाम जिल्ला सह-ईन्चार्ज तथा केन्दीय सदस्य , प्रतिनिध सभा सदस्य यज्ञ बोगटीले आगामि चुनाबमा एमाले पहिलो पार्टि बन्ने दावि गर्नुभएको छ । आगामि निर्बाचनमा पार्टिका सबै नेता तथा कार्यक्रताहरु एकताबद्ध भएर अगाडि बढ्ने भन्दै उहाँले देशकै पहिलो शक्तिको रुपमा एमाले पार्टि स्थापित हुने बताउनुभयो ।

भेलामा बिशिष्ट अथिती प्रदेश कमीटी सदस्य तथा मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा रहनु भएको थियो ।

अन्य अतिथी सचिवालय सदस्य तथा नगर ईन्चार्ज चन्द्र बोहरा, सचिवालय सदस्य भिम रावल,जिल्ला सदस्य तथा वडा नम्बर २ अध्यक्ष मान बहादुर बोगटी भिम राना, दुर्गा भन्डारी,गोपाल बोगटी,लोकराज नाथ,चक्र साउद,युवा संघ केन्दिय सदस्य कम्मान सिं बोगटी नगर कमीटी अध्यक्ष बृख बोगटी, नगर कमीटी सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापा लगायतका अथिती रहनु भएको थियो ।

वडा कमीटी अध्यक्ष पुरन बोगटीले स्वागत मन्तब्य बाट सुरु भएको भेलाको संचालन वडा कमीटी सह–सचिब बृख रानाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.