माओ दिवसकाे अवसरमा सरस्वती मावि जयगढमा हाजिरिजवाफ प्रतियोगिता
माओको विचार अनुसरण नगर्ने कम्युनिस्ट हुन नसक्ने: नेता शाही


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी ) अछामले १२९ औं माओ जयन्तीको अवसरमा सरस्वती मावि जयगढमा हाजिरिजवाफ प्रतियोगिता गरेकाे छ । “बैज्ञानिक समाजबादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह बिद्यार्थी जागरण अभियान २०७८” अन्तरगत कार्यक्रम गरिएको हाे ।
रतना ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाही रहनुभएकाे थियाे ।
प्रमुख अथिती शाहीले अब राजनीतिक निकासका लागि नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको बैज्ञानिक समाजबादी व्यवस्थाका लागि जनमत संग्रहको एजेन्डामा सहयोग गरिदिन अपिल गर्नु भयाे । माओ एक सच्चा कम्युनिस्ट पार्टीको नेता भएको र उहाँको महान विचारलाई अनुसरण नगर्ने कम्युनिस्ट हुन नसक्ने उल्लेख गर्नुभयाे ।
हाजिर जवाफ प्रतियोगितामा ६ ओटा समुहको सहभागीता रहेको थियोे । प्रथम, दृतिय र तृतीय हुने समुहलाई पुरस्कार बितरण गरिएको थियोे । जस अनुसार प्रथम पुरस्कार भलिबल, दितृय पुरस्कार नेट र तृतीय पुरस्कार पम्फ दिइएको थियोे ।
अन्य अथितिमा बान्निगडी जयगढ गा पा इन्चार्ज तिलक बिष्ट, सरस्वती माबि का सहायक प्रअ रतन साउद , श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला अध्यक्ष दिल बहादुर बि क, रुपेश बि क, पार्टी सदस्य वसन्त स्वार, पत्रकार राजेश साउद लगायत रहनुभएकाे थियाे ।
कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी ) अछामका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडिले गर्नु भएको थियोे ।

