एमाले अछामकाे आठौं जिल्ला अधिवेशन पाैष २३ मा, अधिबेशन सफल पार्न ९ वटा समिति

टेकराज भण्डारी, पौष १४ अछाम
नेकपा एमाले जिल्ला कमिटी अछामकाे बैठक जिल्ला अधिवेशन तयारीका लागि विभिन्न निर्णय गर्दै सकिएकाे छ । कार्यबाहक जिल्ला अध्यक्ष नन्दबहादुर कडायतकाे अध्यक्षतामा बसेकाे जिल्ला कमिटीको पूर्ण बैठकले पाैष २३ गते हुने पार्टीको आठौं जिल्ला अधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

Samajik New Add 2082

अधिवेशन सफल पार्न विभिन्न समिति बनाई जिम्मेवारी ताेकिएकाे छ । मंगलबार बसेकाे बैठकले गरेका निर्णय आज सार्वजनिक गरिएका हुन् । बैठकले जिल्ला अधिवेशनका लागि १७ जना प्रतिनिधि छनाैट गरेकाे प्रचारप्रसार समिति संयाेजक प्रकाश शाहले जानकारी दिनुभयाे । यसैगरी कार्यबाहक अध्यक्ष कडायतकाे संयाेजकत्वमा प्रतिवेदन लेखन समिति, चन्द्र बाेहराकाे संयाेजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

युवा नेता भीम रावलकाे संयाेजकत्वमा आवास व्यवस्थापन समिति, लिलाराज केसीकाे संयाेजकत्वमा आर्थिक व्यवस्थापन समिति, सरिता उपाध्यायको संयाेजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले प्रकाश शाहकाे संयाेजकत्वमा प्रचारप्रसार समिति, बलबहादुर कुँवरकाे संयाेजकत्वमा जुलुस व्यवस्थापन समिति, दिपक अधिकारीकाे संयाेजकत्वमा सांस्कृतिक समिति तथा डिबि साउँदकाे अध्यक्षतामा स्वयंसेवक समिति गठन गरिएको प्रचारप्रसार समिति संयाेजक शाहले बताउनु भयाे ।

पाैष २३ गते मंगलसेन खुलामञ्चमा अधिवेशनको उद्घाटन समाराेह गरिने तथा २४ गते मालिका रंगशालामा बन्दशत्र गरिने निर्णय गरिएको छ । एमाले अछामकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन नजिकिएसंगै नेतृत्वका लागि आकांक्षी समेत देखिन थालेका छन् । जिल्ला अध्यक्षकाे लागि नेताद्वय चन्द्र बाेहरा र प्रकाश शाह प्रमुख दावेदार रहने भएको पार्टी श्राेतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.