जाल्पादेवी आ. वि. ढुंगानीमा सरोकारवालाविचको अन्तरक्रिया सम्पन्न

शैक्षीक गुणस्तर अभिबृद्धि गर्न हरेक २ महिनामा अन्तरक्रिया गरिने/जनश्रमदानमा अस्थाई खाजाघर निर्माण गर्ने निर्णय

Kirci Gyan Kendra

अछाम २३ पौषः

Samajik New Add 2082

जाल्पादेवी आधारभूत विद्यालय मंगलसेन १ ढुंगानीमा शैक्षीक गुणस्तर अभिबृद्धिका लागि शिक्षक अभिभावक तथा सरोकारवालाहरु विच बैठक ताथ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

Saud Agro Kailash

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको शैक्षीक तथा भौतिक अवस्था सुधारका लागि छलफल तथा निर्णय गरिएको छ । कार्यक्रममा विद्यार्थिहरुको नियमित उपस्थिति, शैक्षीक गुणस्तर बृद्धि तथा विद्यालयको भौतिक अवस्था सुधारका लागि सबै सरोकारवाला र अभिभावक प्रतिवद्ध भएका छन । आगामी दिनमा शैक्षीक गुणस्तर सुधारका सम्वन्धमा समिक्षा तथा अन्तरक्रियाहरु हरेक २ महिनामा अनिवार्य एक पटक आयोजना गर्ने निर्णय भएको छ ।

यस्तै दिवा खाजा कार्यक्रम संचालन भएपनी ठाउँ अभावका कारण पकाउने र बालवालिकालाई खुवाउने कार्य खुला चौरमा गर्नुपर्ने हुँदा त्यसको व्यवस्थापन गरिने भएको छ । सेवा क्षेत्रका अभिभावक र सरोकारवालाको जनश्रमदानमा तत्काल विद्यालय परिसरमा अस्थायी खाजा घर निर्माण गर्ने निर्णय भएको छ । खाजा घर निर्माणका लागि सबै अभिभावक र सरोकारवालाले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतसवद्दता व्यक्त गरेका छन । यसैगरि विद्यालयको भौतिक तथा आर्थिक अवस्था सुधारका लागि विभिन्न निकायमा सहयोगका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

बैठक तथा अन्तरक्रियामा पूर्व वडा अध्यक्ष प्रसादे साउद, मंगलसेन नगरपालिकाका एम आई एस अपरेटर होम साउद, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशिराम थापा, शिक्षक अभिभावक संघ अध्यक्ष पैला थापा, मालिका सामुदायीक वनका अध्यक्ष छत्र थापा, कुलदेव सामुदायीक वनका सचिव केशर थापा, केशव उपाध्याय लगायत अभिभावक र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक काशिराम उपाध्यायले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.