नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामको समिक्षात्मक विस्तारित बैठक सम्मपन्न

खेमराज बुढा, अछामः

Samajik New Add 2082

नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामको समिक्षात्मक विस्तारित बैठक पञ्चदेवल बिनायक नगरपालिकामा सम्मपन्न भएको छ । विस्तारित बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज डबल बहादुर शाहको विशेष उपस्थिति रहेको थियो । बैठकमा उहाँले पार्टीको विरुद्धमा गरेका भ्रमपुर्ण कुराहरुको चिरफार गर्दै भ्रममा नपर्न नेता कार्यकर्ता तथा आम जनसमुदायमा आग्रह गर्नुभयो । यो व्यवस्था श्रमिक जनता र राष्टको पक्षमा नभएको कारण पार्टीले व्यवस्था परिवर्तन नभएसम्म निरन्तर रुपमा क्रान्ति गर्नुपर्ने उहाँको भनाई थियो ।

अहिलेको सन्दर्भमा सिंगो पार्टी, पार्टीका जनवर्गीय संगठनहरू जनमत संग्रहको मध्यमद्धारा वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि जनतामाझमा गएर जनमत संग्रह र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको पक्षमा पार्टीले अघि सारेका कुराहरू लिएर जानुपर्ने कुरामा उहाँको जोड दिनुभयो । अछाम जिल्ला पार्टीले सहकारी निर्माण कार्यमा तिव्रता दिनुपर्ने कुरा राख्नु भयो ।

समिक्षात्मक तथा विस्तारित बैठकमा राजनीतिक, आर्थिक, संगठनिक, सहकारी गठन लगायत विभिन्न एजेन्डामा छलफल तथा समिक्षा गरिएको थियो । समिक्षात्मक तथा विस्तारित बैठकमा नेपाल कम्युनिस्ट पार्टी अछामका सम्पुर्ण जनवर्गीय संगठनका प्रमुखहरू, पार्टीका जिल्ला कमिटी सदस्यहरू, सचिवालय सदस्यहरू सहित बैठक संञ्चालन भएको भएको थियो । बैठकमा उपस्थित जनवर्गीय संगठनका प्रमुख, पार्टी DCM, सचिवालएका सदस्यहरुले आआफ्नो तर्फबाट सुझावमुलक रिपोर्टिङ राखेका थिए ।

समिक्षात्मक बैठकको अध्यक्षता तथा संचालन पार्टीका जिल्ला सचिब तपेन्द्र तिमिल्सिना ‘संघर्ष’ ले गर्नु भएको ।

Leave A Reply

Your email address will not be published.