रोटो, ओटो र भोटो !
- बालाराम उपाध्याय

बाइसे, चौबिसे राज्यहरु बिचको लडाइँ हुँदा होस् या पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानको क्रममा होस् अथवा त्यो भन्दा पछिल्लो पटकका राणा बिरोधि आन्दोलन, पन्चायत बिरोधि आन्दोलन, जनयुद्ध र जनआन्दोलन समेतको बेला मुख्य गरि यी तिनवटा सब्दहरुलाइ नेपालका राजनीतिक दलहरूले राम्रोसँग बिक्रि गरे ।
रोटो (रोटी, गाँस) ओटो, (घर, बास) र भोटो (कपास, लुगा) यी तिन कुरा मानिसका आधारभुत आवस्यकता पनि हुन् । नेपाली जनताहरु गरिबी र पछौटेपनका कारण अनेकौं प्रकारको पिडाहरु सहन बाध्य भए । व्यबस्था परिवर्तनको लागि बलिदानी र कुर्बानी मा कुनै कसर बाकी नराखी क्रान्ति र आन्दोलन को अग्रभागमा रहने गरेका जनताको कारण धेरै पटक व्यवस्था परिवर्तन भए । जनताको ठुलो लगानी र बलिदान को फलस्वरूप बिश्वकै नमुना संविधान बन्यो, संघीयता, समाबेसी, समानुपातिक जस्ता जनताको चासो र सरोकारका विषयहरु को ब्यवस्था गरियो । तर जनताको जीवन सैलिमा जुन प्रकारको परिवर्तन हुनुपर्थ्यो त्यो हुन सकेको छैन ।
कुनैपनी शासन ब्यबस्थाको केन्द्रबिन्दु जनता नै हुन् । जनताका आबस्यकताहरु पुर्ती गर्नु राज्यको दायित्व हो । जनताको स्तर हेरि सोही अनुसारको निति नियमको प्रबन्ध गरिन्छ । जसले जनताको इच्छा र चाहना पूरा होस् । बिश्वमा हाल प्रयोगमा रहेका बिकासका मोडेलहरु १- पुजिबादी, २- समाजबादी आ- आफ्नो देशको आर्थिक सामाजिक, भौगोलिक र राजनीतिक अवस्थाको आधारमा बिकासको मोडेल छनोट गरि लागू गर्ने गरेको पाइन्छ । हाम्रो जस्तो बिकासोन्मुख देशमा समाजबादी बिकास मोडेल आवस्यक हो । तर पुजीवादीहरुको प्रभावमा रहेको कर्मचारीतन्त्र, ब्यापारीक घराना र केही राजनीतिक दल र यिनको नेतृत्व को कारण संघीयताको मर्म र भावना बिपरित अलिकति पुजीवादी मोडेल, अलिकति समाजबादी मोडेलको प्रयोग गर्ने गरेको पाइन्छ ।
जनस्तर, भौगोलिक अबस्थिती, हावापानी, बिकासका पुर्बाधारको अवस्था, बजारमा बस्तुको माग र पुर्तिको आधारमा बस्तुको उत्पादन सम्बन्धि नितिको तय गरिन्छ । यहाँ त सबैकुरा आयातीत छन् । जसले गर्दा हरेक कुरामा हामी सफल हैनौ ! असफल हुदैछौ । जनताको चाहना – रोटो, ओटो र भोटोको छ । तर कुरा गरिन्छ रेल, पानीजहाज र अन्तरिक्षमा जाने ! यसरी विकास सम्भव छैन । अरुले के गरे ? कस्तो गरे ? किन गरे ? यो एउटा सिकाइ र अध्ययन को विषय त हुनसक्छ तर … ! हाम्रोजस्तो देशको लागि अनिवार्य र बाध्यता हुनै सक्दैन ।
नेपाली मन, नेपाली पन र नेपाली माटो सुहाउँदो गरि योजना निर्माणमा जोड दिइनुपर्छ । नेपाली जनताको इच्छा र चाहना बिपरितका कार्य गर्ने शासकहरु भुइँमा पछारिएका छन् । फेरि पनि जनशक्तिको अगाडि टिक्न सबै- सबैलाई मुस्किलै पर्ला । आजको सबैभन्दा ठुलो र महत्त्वपूर्ण कार्य भनेको स्वदेशमा रोजगारी सृजना गरि युवा पलायन रोक्नु हो । हाम्रो जनशक्ति कतार र मलेसिया को जङ्गल मा कठिन कार्यमा तथा खाडिको ५० डिग्री को तापक्रममा श्रम बेच्नुका साथै विभिन्न युद्धग्रस्त र असुरक्षित मुलुकमा कठिन कार्यमा संलग्न भैरहने यता हाम्रो राजनीतिक नेतृत्व बिकास र समृद्धिको मन्त्र जपि रहने ! यो आफैमा बिरोधाभाष छ ।
त्यसैले राज्यले समयमै सहि नीति तय गरोस् देखाइ मा भन्दा भोगाइमा ध्यानाकषिर्त होस् जन भावना र चाहना को गहिरो अध्ययन गरि योजना निर्माण गरोस् । जसको कारण रोटो, ओटो र भोटो (गाँस,बाँस र कपास ) को प्रबन्धमा जोड दिइयोस् । जनताको जीवनस्तर माथी उकास्ने काम गरियोस् ।
(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रको अछाम जिल्ला सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)