रोटो, ओटो र भोटो !

  • बालाराम उपाध्याय
Samajik New Add 2082

बाइसे, चौबिसे राज्यहरु बिचको लडाइँ हुँदा होस् या पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानको क्रममा होस् अथवा त्यो भन्दा पछिल्लो पटकका राणा बिरोधि आन्दोलन, पन्चायत बिरोधि आन्दोलन, जनयुद्ध र जनआन्दोलन समेतको बेला मुख्य गरि यी तिनवटा सब्दहरुलाइ नेपालका राजनीतिक दलहरूले राम्रोसँग बिक्रि गरे ।

रोटो (रोटी, गाँस) ओटो, (घर, बास) र भोटो (कपास, लुगा) यी तिन कुरा मानिसका आधारभुत आवस्यकता पनि हुन् । नेपाली जनताहरु गरिबी र पछौटेपनका कारण अनेकौं प्रकारको पिडाहरु सहन बाध्य भए । व्यबस्था परिवर्तनको लागि बलिदानी र कुर्बानी मा कुनै कसर बाकी नराखी क्रान्ति र आन्दोलन को अग्रभागमा रहने गरेका जनताको कारण धेरै पटक व्यवस्था परिवर्तन भए । जनताको ठुलो लगानी र बलिदान को फलस्वरूप बिश्वकै नमुना संविधान बन्यो, संघीयता, समाबेसी, समानुपातिक जस्ता जनताको चासो र सरोकारका विषयहरु को ब्यवस्था गरियो । तर जनताको जीवन सैलिमा जुन प्रकारको परिवर्तन हुनुपर्थ्यो त्यो हुन सकेको छैन ।

कुनैपनी शासन ब्यबस्थाको केन्द्रबिन्दु जनता नै हुन् । जनताका आबस्यकताहरु पुर्ती गर्नु राज्यको दायित्व हो । जनताको स्तर हेरि सोही अनुसारको निति नियमको प्रबन्ध गरिन्छ । जसले जनताको इच्छा र चाहना पूरा होस् । बिश्वमा हाल प्रयोगमा रहेका बिकासका मोडेलहरु १- पुजिबादी, २- समाजबादी आ- आफ्नो देशको आर्थिक सामाजिक, भौगोलिक र राजनीतिक अवस्थाको आधारमा बिकासको मोडेल छनोट गरि लागू गर्ने गरेको पाइन्छ । हाम्रो जस्तो बिकासोन्मुख देशमा समाजबादी बिकास मोडेल आवस्यक हो । तर पुजीवादीहरुको प्रभावमा रहेको कर्मचारीतन्त्र, ब्यापारीक घराना र केही राजनीतिक दल र यिनको नेतृत्व को कारण संघीयताको मर्म र भावना बिपरित अलिकति पुजीवादी मोडेल, अलिकति समाजबादी मोडेलको प्रयोग गर्ने गरेको पाइन्छ ।

जनस्तर, भौगोलिक अबस्थिती, हावापानी, बिकासका पुर्बाधारको अवस्था, बजारमा बस्तुको माग र पुर्तिको आधारमा बस्तुको उत्पादन सम्बन्धि नितिको तय गरिन्छ । यहाँ त सबैकुरा आयातीत छन् । जसले गर्दा हरेक कुरामा हामी सफल हैनौ ! असफल हुदैछौ । जनताको चाहना – रोटो, ओटो र भोटोको छ । तर कुरा गरिन्छ रेल, पानीजहाज र अन्तरिक्षमा जाने ! यसरी विकास सम्भव छैन । अरुले के गरे ? कस्तो गरे ? किन गरे ? यो एउटा सिकाइ र अध्ययन को विषय त हुनसक्छ तर … ! हाम्रोजस्तो देशको लागि अनिवार्य र बाध्यता हुनै सक्दैन ।

नेपाली मन, नेपाली पन र नेपाली माटो सुहाउँदो गरि योजना निर्माणमा जोड दिइनुपर्छ । नेपाली जनताको इच्छा र चाहना बिपरितका कार्य गर्ने शासकहरु भुइँमा पछारिएका छन् । फेरि पनि जनशक्तिको अगाडि टिक्न सबै- सबैलाई मुस्किलै पर्ला । आजको सबैभन्दा ठुलो र महत्त्वपूर्ण कार्य भनेको स्वदेशमा रोजगारी सृजना गरि युवा पलायन रोक्नु हो । हाम्रो जनशक्ति कतार र मलेसिया को जङ्गल मा कठिन कार्यमा तथा खाडिको ५० डिग्री को तापक्रममा श्रम बेच्नुका साथै विभिन्न युद्धग्रस्त र असुरक्षित मुलुकमा कठिन कार्यमा संलग्न भैरहने यता हाम्रो राजनीतिक नेतृत्व बिकास र समृद्धिको मन्त्र जपि रहने ! यो आफैमा बिरोधाभाष छ ।

त्यसैले राज्यले समयमै सहि नीति तय गरोस् देखाइ मा भन्दा भोगाइमा ध्यानाकषिर्त होस् जन भावना र चाहना को गहिरो अध्ययन गरि योजना निर्माण गरोस् । जसको कारण रोटो, ओटो र भोटो (गाँस,बाँस र कपास ) को प्रबन्धमा जोड दिइयोस् । जनताको जीवनस्तर माथी उकास्ने काम गरियोस् ।

(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रको अछाम जिल्ला सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.