एमाले अछामको उपसचिवका दावेदार डम्वर विसी भन्छनः प्रतिनिधिको निर्णय स्वीकार्य छ ।

नेकपा एमाले अछामको जारी ८ औं जिल्ला अधिबेशनमा युवा नेता डम्मर विसीले उपसचिव पदमा चुनावी मैदानमा छन । तमाम युवा विद्यार्थिको ढुकढुकीका रुपमा परिचत नेता विसी युवाहरु पार्टी नेतृत्वमा पुग्नुपर्ने पक्षमा विगतदेखी बहस गरिरहेका नेता हुन ।

Samajik New Add 2082

चुनावी मैदानमा रहेका नेता विसीले भनेका छन “मेरो जित र हारको फैसला गर्ने अधिकार प्रतिनिधि कमरेडहरुको हातमा छ, तपाईंहरुको फैसला मेरा लागि राजनीतिक र सामाजिक रुपम थप मार्गदर्शक बन्ने छ ।” आफ्नो उम्मेद्धारी पार्टी राजनीतिमा देखिएका साना ठुला सबै चुनौतीहरुको सामना गर्नका लागि भएको उहाँको भनाई छ । पार्टी केन्द्र संग जोडियर हामिले विभिन्न गुट उपगुट्को रङ दिन जरुरी छैन” विसीले भने “जिल्लाको पार्टी तपाईं हामी सबै मिलेर बनाउने हो, पार्टी रहेपछी मात्रै हामी नेता बन्नेहो ।” अहिलेको जिल्ला अधिबेशनको हार जितले धेरै अर्थ नराख्ने भन्दै उहाँले पार्टीलाई थप बिभाजन हुनबाट रोक्न सक्नुपर्नेमा जोड दिनुभयो ।

तपाँईको उम्मेद्धारी उपसचिवमै किन ? भन्ने प्रश्नमा नेता विसीले भने “पार्टीलाई थप बिभाजन हुनबाट रोक्न, राजनीतिक र साङ्गठनिक गतिविधिलाई मजबुत बनाउन, राजनीतिमा एउटा ईमान र नैतिकताको बिषयलाई जबर्जस्त स्थापित गर्न, आम युवा बिद्यार्थीहरुको भावनाको कदर गर्न, पुरानो र नयाँ पुस्ताबिचको रिक्ततालाई पुर्णता दिन, पार्टी भित्र बढ्दै गैरहेको अराजकतालाई रोक्न, पार्टीमा निति सिद्धान्त बिचार र लेनिनबादी संगठनात्मक पद्धतिलाई स्थापित गर्न, पार्टीभित्र चलिरहेको ठेकादारी पर्थाको अन्त्य गर्न, पार्टीमा जात – जाती भाषा धर्म भूगोलका आधारमा होईन बर्गिय आधारमा चल्छ भन्ने मान्यता स्थापित गर्न, पार्टी सामुहिकताका आधारमा चल्नुपर्छ र चलाउनुपर्छ भन्ने मान्यताका आधारमा मेरो उम्मेदवारी रहेको छ ।

साथै उहाँले सबै प्रतिनिधिहरुलाई आफुलाई मतदान गरि सहयोग गरिदिन अनुरोध समेत गरेका छन । प्रतिनिधिहरुले दिएको जस्तोसुकै निर्णय पनि आफुलाई स्वीकार्य रहेको विसीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.