अनेरास्ववियु (क्रान्तिकारी) अछामको पदाधिकारी बैठक सम्पन्न

अनेरास्ववियु (क्रान्तिकारी) अछामको पदाधिकारी बैठक भर्चुअल माध्यामबाट सम्पन्न भएको छ । संगठनका अध्यक्ष लाल बहादुर साउदको अध्यक्षता भएको बैठकले विभिन्न निर्णय समेत पारित गरेको हो ।

Samajik New Add 2082

पदाधिकारीहरुले हिजो मात्र प्राप्त भएको केन्द्रिय सर्कुलर माथी आ-आफ्नो सुझाव मुलक धारण राखेका थिए । साथै सुझावमा जिल्ला सम्मेलन सम्पन्न पछि हाल सम्मको गतिविधिलाई संक्षिप्तमा बर्णन गर्दै आगामी बैठक तथा कार्यक्रममाथी समेत छलफल गरिएको थियो ।

कोरोना भाइरसको परिबर्तित रुप ओमिक्रोन भाइरस लाई मध्यनजर गर्दै विदेशबाट आएका जनतालाई परेको अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने अखिल क्रान्तिकारी अछामले निर्णय गरेको छ । भर्चुअल बैठकले आगामी बैठकमा अनुमोदन गर्ने गरि जिल्ला कमिटीमा ९ जना मनोनीत गरेको छ भने २५ जनाको जिल्ला कमिटी सचिवालयको खाका तयार पारेको संगठनका अध्यक्ष साउदले जानकारी दिनुभयो ।

उक्त बैठकको संचालन जिल्ला सचीव चन्द्र भन्डारी गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.