कविता: “बिर्सेको छु र बिर्सिएको छैन”

                                 -जे. बि. रावल
मन ढुङ्गो बन्यो
यादहरू पनि कम आउन थाले
अब त घरै बिर्सिए
छिमेकी बिर्सिए
आफन्त बिर्सिए
साथी भाइ बिर्सिए
परिवारका सदस्यहरुमा,
आमा विर्सेको आज मैना दिन भो र
छोरा बिर्सेको पन्ध्र दिन
श्रीमतिलाई बिर्सनु हुदैन भन्थे
उनी पनि बिर्सेकी कति दिन भैन थाहा छैन
आफू जन्मेको माटो पनि आफूलाइ बिर्स्यो।
बिर्सेएको छैन
हिजोका संघर्षका दिन
दरिला चोट पीडाहरू,मान्छेहरू
सहयोगी हातहरू
यति पनि बिर्सिएको छैन
आफू मरेर वा जलेर पनि अरुलाइ जीवन दिने आफ्नू सहयोग
तर अहिले नवनिर्माणको अभियानमा छु।
इतिहासको समिक्षामा छु
वर्तमानको विश्लेषणमा छु।
भविष्यको तयारीमा छु।
तर मन हाललाई ढुङ्गो बन्यो बिर्सिएको छु ।
र तिमिलाई बिर्सिएको छैन।

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.