आगामी दिनमा अझै एमालेलाई बलियो बनाउने अभियानमा लाग्ने छु: नेता शाह

नेकपा (एमाले ) आठौं जिल्ला अधिवेशनका उपविजेता प्रकाश शाहले अध्यक्ष पदमा मतदान गर्ने सम्पुर्ण प्रतिनिधिप्रति हार्दिक आभार सहित धन्यवाद दिनुभएको छ। अध्यक्षमा निर्वाचित चन्द्र बोहरा सहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।

Samajik New Add 2082

कार्यकर्ताको अभिमत र पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्ने उपविजेता शाहले सामाजिक संजाल मार्फत अभिमत प्रकट गर्नुभएको छ । पराजय प्रति असन्तुष्टी नभई आगामी दिनमा अझै नेकपा एमालेलाई बलियो बनाउने अभियानमा लाग्ने उहाँको भनाई रहेको छ ।

सामाजिक संजाल मार्फत शाहलाई सबैले सहानुभूति प्रकट गरेका छ्न । उपविजेता उम्मेदवारले कार्यकर्ताको अभिमत र लोकतान्त्रिक अभ्यासलाई सहर्ष स्विकार गरेकोमा शाहको राजनीतिक यात्राको सफलताको शुभकामना दिएका छ्न् ।

पराजय नै विजयको सुरुवात हो भन्ने कुरा बुझेकोमा धन्यवाद सहित बधाई दिएका छ्न् । आठौं जिल्ला अधिवेशनवाट चन्द्र वोहरा ४ सय ४१ मत ल्यार निर्वाचित हुनुभएको छ भने शाहले ३ सय ७ मत प्राप्त गर्नुभएको छ । तर सचिव, उपाध्यक्ष र एक सहसचिव भने शाह प्यानलले जितेको छ । पदाधिकारीमा शाह प्यानल बहुमतमा रहेको छ।

Leave A Reply

Your email address will not be published.