मेल्लेख गाउपालिका -३ ठाटिलाई बाल मैत्री स्थानीय शाशन वडा घाेषणा गर्न पालिकाकाकाे टाेलि द्वारा अनुगमन

लालबहादुर चदारा, मेल्लेखः 

Samajik New Add 2082

अछामको मेल्लेख गाउपालिका वडा नम्वर ३ ठाटि लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्नकाे लागि मेल्लेख गाउपालिका स्तरिय एक टाेलि बाट अनुगमन गरिएकाे छ । मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बालअधिकार समिति संयाेजक धन बहादुर शाहीकाे नेतृत्वमा गएकाे टाेलिले अनुगमन गरेकाे हाे ।

माघ महिनाकाे तेस्रो हप्ता भित्र ठाटि लाई बालमैत्रि स्थानीय शासन वडा घाेषणा गर्ने अनुगमन टाेलिलेले निष्कर्ष निकालिएको छ । बाल मैत्री स्थानीय शाशन वडा घाेषणा काे अन्तिम तयारीमा रहेकाे वडा न. ३ ठाटि लाई मेल्लेख गाउपालिका बिषयगत शाखा बिषयगत समिति, वल्र्ड भिजन र आस्था नेपालका पदाधिकारी मार्फत स्थलगत अध्यान तथा अनुगमन गरेकाे बताएको छ । टाेलिले बाल मैत्री स्थानीय शासनका ३९ वटा सुचकहरु पूरा भए नभए का बिषयमा सुचकहरुकाे अबस्था बारे जानकारी लिएकाे छ ।

पुरा हुन नसकेका सूचकहरु तत्काल पूरा गर्ने र कार्यन्वयनमा निरन्तरता दिने बिषयमा समेत पनि छलफल भएकाे छ । यस्तै वडा न. ३ ठाटि काे वडा कार्यलयले मेल्लेख गाउपालिका मार्फत जिल्ला समन्वय समितिलाई अन्तिम अनुगमनका लागि सिफारिस सहित पत्र पठाउन आवश्यक प्रतिबेदन सहित तयार पारेकाे छ ।

अनुगमन टाेलिमा मेल्लेख गाउपालिका सामाजिक बिकास समिति संयाेजक नरपति रावल, वडा नम्वर ३ का वडा अध्यक्ष केशरबहादुर शाह, कार्यपालिका सदस्य कमलदेबि ताम्राकार, नरेन्द्र नेपाली, शिक्षा शाखाका पृथ्वी रावल, महिला बालबालिका शाखाका नमराज बहादुर शाही, स्वास्थ्य शाखाका नृप बुढा, हिमाल खडका, प्राबिधिक शाखाका राजन खडका, वडा सचिब गाेबिन्द बहादुर रावल, स्वास्थ्य चाैकि ठाँटिका इन्चार्ज नरेन्द्र बहादुर शाह, वल्र्ड भिजनका मंगल शाह,आस्था नेपालका मिल अधिकृत हर्कबहादुर खड्का, फिल्ड अधिकृत भ्वानसिह सार्की, बाल संरक्षण समितिका सचिव गंग नेपाली, बाल संजालका राेशन रावल र पत्रकार लगायतको सहभागीता रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.