‘संसदमा सबैले प्रस्ताव पास गरेर वैशाखमा संघीय चुनाव गरौं’ -प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सत्तारूढ गठबन्धनको बैठकमा आउँदो वैशाखमा संघीय चुनाव गर्न प्रस्ताव गरेका छन्।

Samajik New Add 2082

संघीय संसदको अवधि आउँदो मंसिरसम्म छ। प्रचण्डले त्यसअघि नै चुनावको प्रस्ताव किन गरे? संवैधानिक र राजनीतिक हिसाबले उनको यो प्रस्ताव सही छ कि छैन? यसबारे सेतोपाटीका अमित ढकालले बुधबार प्रचण्डसँग लिएको अन्तर्वार्ता:

तपाईंले सत्तारूढ गठबन्धनमा वैशाखमा संघीय चुनाव गरौं भनेर प्रस्ताव गर्नुभएको छ, किन त्यस्तो प्रस्ताव गर्नुभएको हो?

पहिलो कुरा त, छ महिनादेखि गठबन्धन तर्फबाट पनि र सरकार तर्फबाट पनि सदन सुचारू गर्नुपर्‍यो, सदनबाट गर्नुपर्ने काम सुचारू गर्नुपर्‍यो भनेर प्रतिपक्षी दलसँग लगातार संवाद गर्दै आयौं। तर त्यसको असर पटक्कै देखिएन।

संविधानको मर्म, निर्वाचन आयोग, अदालतको आदेशविरूद्ध मिल्दै नमिल्ने ढंगबाट प्रतिपक्षी दलले सदन अवरोध गरेर समस्या सिर्जना गरिरहेको छ। त्यसको समाधान चुनाव नै हो भन्ने देखियो। त्यस कारण सदनबाट पारित गरेर भए पनि वैशाख वा जेठमा संघीय निर्वाचन गरौं भनेर मैले भनेको हो। हामीले अर्को वर्ष त चुनाव गर्नैछ र वर्ष त वैशाखबाटै सुरू हुन्छ भनेर मैले यस्तो प्रस्ताव गरेकै हो।

-setopati

Leave A Reply

Your email address will not be published.