निर्वाचन आयोग द्धारा तीन दल खारेज

निर्वाचन आयोगले तीन वटा राजनीतिक दललाई खारेज गरेको छ।

Samajik New Add 2082

नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दल खारेज गरिएको आयोगले जानकारी दिएको छ।

यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।

गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो।

लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ। २०७३, ०७४ मा यी दल दर्ता भएका थिए ।

यस्तो छ दल खारेजको सूचना:

-setopati

Leave A Reply

Your email address will not be published.