मेल्लेखमा काेभिड-१९ खाेप कार्यक्रमकाे प्रगति र आगामि कार्ययोजना सम्वन्धि बैठक सम्पन्न
लाल बहादुर चदाराः

अछामको मेल्लेख गाउपालिकामा काेभिड १९ बिरुद्धकाे खाेप कार्यक्रमकाे प्रगति र आगामि कार्ययोजना सम्बन्धि पालिका स्तरीय बैठक सम्पन्न भएकाे छ । बैठकमा खोप कार्यक्रमको समिक्षा गरिनुका साथै आगामी कार्ययोजना बारे छलफल गरिएको हो ।
गाउपालिकाका कार्यबाहक अध्यक्ष नर बहादुर साउदकाे अध्यक्षतामा भएकाे बैठकमा काेभिड १९ बिरुद्धकाे खाेप अभियानकाे हाल सम्मकाे प्रगति समिक्षा तथा तेस्रो लहरकाे काेराेना राेकथाम र आवश्यक तयारीका बिषयमा छलफल गरिएकाे छ । पालिकालाई काेराेना बिरुद्धकाे पुर्ण खाेप पालिका बनाउन खाेप अभियान लाई तिब्रता दिने, खाेप छुटेकाहरुकाे तथ्यांक संकलन गरि पूर्ण खाेप दिने, बाेस्टर खाेपकाे सुरुवात गरिने, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई आवश्यक तयारीमा राख्ने लगायत निर्णय समेत गरिएकाे छ ।
सेवक नेपाल, सुआहारा कार्यक्रमको प्राबिधिक सहयोग र मेल्लेख गाउपालिकाकाे समन्वयमा भएकाे बैठकमा जिल्ला जनस्वास्थ्य अधिकृत झपटराज ढुगाना, सुआहारा कार्यक्रमका संयाेजक सेत बहादुर भुल, जिल्ला स्वास्थ्य कार्यलयका पृतम श्रेष्ठ, मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का, सबै वडाका वडा अध्यक्षहरु, मेल्लेखका स्वास्थ्य संस्थाहरुका ईन्चार्जहरु, सुआहाराका डन्डी ढुगाना लगायतको सहभागता रहेकाे थियो । बैठकमा स्वास्थ्य शाखा मेल्लेखका प्रमुख वीर बहादुर ठकुल्लाले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन नृप बुढा ले गर्नु भएकाे थियाे ।
यस्तै पालिका स्तरीय पाेषण तथा खाद्य सुरक्षा निर्देशिक समिति र बहुक्षेत्रिय पाेषण सम्बन्धि कार्यक्रम पनि मेल्लेख मा सम्पन्न भएकाे छ ।