लैगिंक असमानताका जड, कारण र बाधा व्यवधान सम्बन्धि २ दिने गोष्ठी सम्पन्न

Kirci Gyan Kendra

अछामका ३ पालिकाका परिवर्तनका संवाहकहरूलाई लैगिंक असमानताका जड, कारण र बाधा व्यवधान सम्बन्धी २ दिने कार्याशाला गोष्ठि विनायकमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीको आर्थिक सहयोग, मर्सिकोर नेपाल र वाक नेपालको साझेदारीमा संचालित भकारी परियोजना अन्तर्गत कमलवजार, पञ्चदेवल विनायक नगरपालिका र तु्र्माखाँद गाउँपालिकाका सामुदायिक विपद व्यवस्थापन समिति र कृषि समुहका पदाधिकारीकसँग छलफल गरिएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

२ दिने गोष्ठिमा समाजमा रहेका लैगिंक असमानताका जड कारण पत्ता लगाई न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल गरिएको थियो । विभिन्न विधिका माध्यमबाट छलफल, बहस, अन्तरक्रिया गरि प्रष्ट पार्ने, घरभित्रका स साना कार्यमा समानता, समता, समावेशीकरण र घरेलु हिंसाको बारेमा जानकारी गर्ने, नेपालको संविधानमा उल्लेख भएका ऐन नियमका विषयमा जानकारी समेत गराईएको थियो ।

गोष्ठिको उदघाटन कार्यक्रमको अधयक्षता पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा, कमलबजार नगरपालिका उपप्रमुख भुमीसरण ढकाल बजगाई, तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्माले गर्नु भएको थियो ।

मर्सिकोर नेपाल अछामका जिल्ला संयोजक प्रेम विकले भकारी परियोजनाका विषयमा संक्षिप्त जानकारी गराउनु भएको गोष्ठिको सहजिकरण वाक नेपाल लैगिंक समानता तथा सामाजिक समावेशिकरण अधिकृत सरिता विष्ट, परियोजना संयोजक भरत विकले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.