चिसो बढेसँगै अछाममा रुघाखोकी तथा ज्वरोका बिरामी बढे

चक्र प्रसाद जैसी :

Samajik New Add 2082

अछाम जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा पनि दिनहुँ रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढ्दै गैरहेको हो ।

जिल्ला अस्पताल अछाममा दैनिक जसो सबै भन्दा बढी रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटण्डेन्ट डाक्टर प्रेम प्रसाद ढुंगानाले जानकारी दिनुभयो । रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पिसीआर पनि जाँच नगर्ने गरेको उहाँले बताउनु भएको छ । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो २० जना सम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

उपचार गर्न आउनेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिने गरेको बताउनुभयो । बालबालिका तथा युवाहरु उपचारको लागी बढी आउने गरेका छन । कोरोना सङ्क्रमण बढीरहेकाले संकास्पद बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको डाक्टर ढुंगानाले बताउनुभयो । गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको उहाँले बताउनुभयो ।

यसैबिच मौसममा आएको परिवर्तनले अहिले मौसमी रुघाखोकी तथा ज्वरोका कारण उपचार गराउन अस्पताल सम्म पुग्ने बिरामीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले बताउनुभयो । अहिले जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्य सँस्थाहरुमा पनि यस्ता प्रकृतिका बिरामीहरु बढ्दै गएका स्वास्थ्यकर्मिहरु बताउँछन । अहिले उपचारका लागी स्वास्थ्य सँस्थासम्म पुग्नेहरुमा प्रायः बालबालीका र बृद्धबृद्धाहरु बढि रहेका छन ।

बालबालीकामा चिसोका कारण निमोनिया र बृद्धबृद्धामा दमको समस्या बढि रहेको पनि चिकित्सकहरुले बताएका छन । ग्रामिण क्षेत्रमा खानपिनका कारण पनि बालबालीकाहरुमा निमोनियाको समस्या बढ्दै गएको पाइएको छ । डा. पाठकले अहिले विषेश गरि कोरोनाको तस्रो भेरियन्ट ओमिक्रोनको तिब्र फैलावट र मौसम परिवर्तनका कारण पनि बिरामीहरुको संख्यामा बृद्धि भएको उहाँले बताउनुभयो ।

जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, झोलिलो पदार्थ बढी खान, सफा पानी पिउन, खानपिन र सरसफाइ लगायत घर भन्दा बाहीर जानै पर्ने भए स्वास्थ्य सुरक्षाका मापदण्डमा विशेष ध्यान दिन उहाँको सुझाव छ । अहिले चिसो मौसम भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन उहाँले सबैमा आग्रह गर्नु भएकाे छ ।

Leave A Reply

Your email address will not be published.