मंगलसेन नगरपालिकाले गर्यो कोरोना बिरुद्धको खोप कार्ड अनिवार्य

मंगलसेन – कोभिड १९ को नयाँ भेरीयन्ट ओमिक्रोन भाईरसको संक्रमण दिन प्रतीदिन बढ्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले कोरोनाविरूद्ध खोप कार्ड अनिवार्य गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि लागू हुनेगरी कोरोना विरूद्ध खोप लगाएको कार्ड अनिवार्य गरेको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका तथा अन्तर्गतका कार्यालयमा सेवा लिने आउने सेवाग्राहीले अत्यावश्यक कागजात र सेवा बाहेक भिडभाड नगर्न सूचना मार्फत अनुरोध गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीद्धारा हस्ताक्षरीत सेवाप्रवाह सम्वन्धि सूचनामा भनिएको छ – ” सेवाग्राहीले अत्यावश्यकका सेवा लिन आउदा मास्क, सेनीटाईजर, प्रयोग गर्न र कोरोनाको खोप लगाएको खोप कार्ड अनिवार्य बोकेर आउन हुन अनुरोध छ ।”

यदि सेवाग्राहीले खोप कार्ड साथमा नल्याएको अवस्यामा कार्यालयबाट सेवा प्रवाह नगरीने समेत नगरपालिकाले जनाएको छ । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गैरहेको अवस्थालाई मध्यनजर गरि जोखिम न्यूनिकरणका लागि यस्तो गरिएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिनुभयो । यसबाट कोरोना बिरुद्धको खोप अभियानमा पनि सघाउ पुग्ने उहाँको भनाई छ ।

Leave A Reply

Your email address will not be published.