अछामको जनसंख्या साढे २८ हजारले घट्यो

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार अछामको जनसंख्या घटेको छ । २०६८ सालको भन्दा २८ हजार ५ सय ७० ले जनसंख्या घटेको हो ।

Samajik New Add 2082

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार अछामको जनसंख्या २ लाख २८ हजार ९ सय ७ रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणनामा अछामको जनसंख्या २ लाख ५७ हजार ४ सय ७७ थियो ।

यस्तै जिल्लामा सबै भन्दा बढि जनसंख्या मंगलसैन नगरपालिकाको र सबै भन्दा कम बान्निगढी जयगढ गाउँपालिकाको रहेको छ । मंगलसैन नगरपालिकामा जम्मा २६ हजार ८ सय ४३ रहेको छ भने बान्निगढी जयगढ गाउँपालिकाको जनसंख्या १३ हजार ६ सय ३९ जनसंख्या रहेको छ ।

त्यसै गरी दोस्रो बढि हुनेमा पन्चदेवल विनायक नगरपालिकाको जनसंख्या २६ हजार ३ सय १६ रहेको छ । तेस्रोमा साँफेबगर नगरपालिकाको जनसंख्या २५ हजार ९ सय ९० रहेको तथ्यंक छ ।

त्यसै गरी जिल्लाको तुर्माखाँद गाउँपालिकाको जनसंख्या २४ हजार ४ सय ४० रहेको छ भने मेल्लेख गाउँपालिकाको २३ हजार ९६, ढकारी गाउँपालिकाको २२ हजार ५ सय ५३, चौरपाटी गाउँपालिकाको २२ हजार ४ सय ७ र कमलबजार नगरपालिकाको जनसंख्या २० हजार ९ सय ४७ रहेको छ ।

२०७८ को प्रारम्भिक नतिजा अनुसार महिला १ लाख २३ हजार ५ सय १७ र पुरुष १ लाख ५ हजार ३ सय ९० रहेको छ । अछाममा पुरुष भन्दा महिलाको संख्या १८ हजार १ सय २७ जनाले बढी देखाएको छ ।

२०७८ को प्रारम्भिक नतिजा अनुसार ३९ हजार ३ सय ७५ घरधुरीमा परिवार संख्या ४९ हजार ९ सय ६९ रहेको जनाईएको छ । अछामको लैंगिक अनुपात ८५ दशमलव ९७ रहेको छ । परिवारको आकार ४ दशमलव ६०, जनघत्व १३७ रहेको छ । अछामको बार्षिक बृद्धि दर (१।०९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।

-radiojanapriya

Leave A Reply

Your email address will not be published.