एमालेको पालिकास्तरमा बधाई तथा शुभकामना सहीत जिल्ला अधिबेशनको समिक्षा कार्यक्रम जारी

नेकपा एमाले अछामले आठौँ जिल्ला अधिबेशन पछी पालिकास्तरमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सहीत जिल्ला अधिबेशनको समिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

Samajik New Add 2082

कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण नव निर्वाचित जिल्ला कमिटीले कुनै औपचारिक कार्यक्रम नगरेपनी जिल्ला पदाधिकारीको बैठकले पालिकास्तरमा बधाई तथा शुभकामना आदानप्रदान र अधिबेशनको समिक्षा गर्ने निर्णय गरेकाले प्रत्येक पालिकामा जिल्लाको पदाधिकारी तथा सम्बन्धीत पालिकाका जिल्ला कमिटीका नेता, पालिका कमिटीका पदाधिकारीको बिचमा कार्यक्रम जारी राखिएको नेकपा एमाले अछामका सचिव भीम बहादुर रावल (कालोटोपी) ले बताउनु भयो ।

जिल्ला पदाधिकारी बैठकको निर्णयलाई कार्यान्वय गर्दै जिल्लाका १० पालिका मध्ये ७ पालिकामा कार्यक्रम सम्पन्न गरिएको रावलले बताउनु भयो । यतिबेला सिमीत पदाधिकारीका बिचमा कार्यक्रम गरिएको र भावि दिनमा कोरोनाभाईरसको संक्रमण तथा जोखिम कम हुदै गएमा पालिकाका प्रत्येक वडाका कार्यक्रमलाई निरन्तरता दिईने सचिव रावलले बताउनु भयो ।

बाँकी रहेका ३ पालिका चौरपाटी, रामारोशन र ढकारी गाउपालिकामा कार्यक्रम निरन्तर अघि बढने उहाँले जानकारी दिनु भयो । यसैबिच बधाई तथा शुभकामना सहीत समिक्षा कार्यक्रम आज पंञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

नगर सँगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य पदम बहादुर बोहरा, जिल्ला अध्यक्ष चन्द्र बोहरा, उपाध्यक्ष बल बहादुर कुवर, सचिव भिम बहादुर रावल, उपसचिव डम्मर बिसी लगाएत पालिका स्तरबाट नेतृत्व गर्ने जिल्ला तहका नेताको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.