मंगलसेनका २ वडामा महिला उद्यमशिलता सम्बन्धी अन्तरक्रिया गरिने

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाको ब्यबस्थापनका लागि महिला उद्यमशिलता केन्द्र कार्यान्वयन समितीले नगरका २ वटा वडामा महिला उद्यमशिलता सम्बन्धी छलफल सहित अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । नेपाल सरकारको राष्ट्रपती महिला उथ्थान कार्यक्रम अन्तरगत संञ्चालन हुने कार्यक्रम अन्तरगत नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मार्फत संञ्चालन हुने कार्यक्रम अन्तरगत समितीले निर्णय गरेको हो ।

Samajik New Add 2082

नगरउपप्रमुख तथा समिती संयोजक सरिता उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नगरको दुर्गम वडा वडा नम्बर १३ को बस्तीका २ वटा टोल र वडा नम्बर ७ मा एक एक दिने अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

Saud Agro Kailash

सदरमुकामको पालिकामा मात्र कार्यक्रम आउने भएकाले गतबर्ष समेत कार्यक्रम आएकाले कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण प्रभावकारी ढंगले संञ्चालन गर्न नसकिएको र यसबर्ष प्रभावकारी रुपमा सम्पन्न गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले बताउनु भयो ।

करिब २ लाख बजेट प्राप्त भएकाले वडा तहमा ३ वटा महिला उद्यमशिलता सम्बन्धी अन्तरक्रिया र नगरमा २ वटा कार्यान्वय तथा समिक्षा बैठक गर्ने उहाँले बताउनु भयो ।

बैठकमा बिशेष आमन्त्रित अतिथीको रुपमा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले पछाडी परेको वर्गलाई समेटदै कार्यक्रम प्रभावकारी रुपमा संञ्चालन गर्न आग्रह गर्नु भयो । कार्यक्रम प्रभावकारी बनाउन सबैको दायित्व भएकाले सबैले त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.