जेसिज अछामद्धारा नयाँ सदस्यता खुल्ला

Kirci Gyan Kendra

अछाम जिल्लामा बिगत एक दशक देखि युवाहरूकाे नेतृत्व ब्याक्तित्व बिकासका साथै युवाहरूमाझ निकै लाेकप्रिय र सबैकाे साझा संस्थाकाे रूपमा स्थापित अछाम जेसिजले बर्ष २०२२ का लागि आफ्नाे शाखाकाे सदस्यता खुल्ला गरेकाे छ ।

Samajik New Add 2082

बुधबार अछाम जेसिजका अध्यक्ष सिद्ध राज ढुंगानाद्धारा हस्ताक्षरित सुचना सार्वजनिक गर्दै अछाम जेसिजले १८ देखि ४० बर्ष उमेर समुहका जेसिजमा आबद्ध हुन चाहाने युवाहरूका लागि नँया सदस्यता खुल्लाकाे आवाह्न गरेकाे हाे ।

Saud Agro Kailash

अछाम जेसिज बर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानाकाे अध्यक्षतामा मंगलबार मात्र कार्यसमितिकाे दाेस्राे बैठक बसी नँया सदस्यता खुल्ला गर्ने निर्णय गरेकाे भाेलीपल्टै अर्थात बुधबार अछाम जेसिजले एउटा सुचना प्रकाशित गर्दै फाल्गुन पन्ध्र गते सम्म नँया सदस्यता हुने समयावधि सहितकाे सुचना सार्वजनिक गरेकाे हाे ।

युवाहरूकाे ब्याक्तित्व,नेतृत्व बिकासका साथै साेचमा समेत सकारात्मक परिर्वतन गराई सामाजिक सेवामा अभिप्रेरित गराउने उदेश्यका साथ सन् २०१३ मा स्थापित अछाम जेसिजले जिल्लामा पर्यटन प्रबर्द्धन,कुसंस्कारकाे अन्त,पुरातात्त्विक महत्वकाे संरक्षणकाे अभियान,युवा उधमशिलता,ब्याक्तित्व बिकास लगायतका तालिम,रक्तदान सम्मान,पर्यटकिय स्थलकाे प्रचारप्रसार,राहात बितरण,जिल्लामा युवा सुचना केन्द्र स्थापना लगायतका थुप्रै रचनात्मक र सृजनात्मक कार्य गर्दै आईरहेकाे छ ।

अछाममा युवाका क्षेत्रमा क्रियासिल अछाम जेसिजले बिगत केही बर्ष देखि जिल्लाका सम्पुर्ण ग्रामिण भेगका युवाहरूलाई जेसिजमा जाेड्न नसकेकाे बताउदै जिल्लाका दुर दराजका ग्रामीण भेगका युवाहरूलाई समेत जेसिजमा अावद्द गराई सृजनसिल र रचनात्मक कार्यमा अग्रसर गराउने उदेश्यका साथ नँया सदस्यता खुल्ला गरेकाे अध्यक्ष ढुंगानाले बताउनु भयाे ।

साथै उहाले कैलाश खाेला जलविद्युत मर्मत,कमलबजार एरपाेर्ट संञ्चालन,साँफे एरपाेर्ट स्थर उन्नती र अछाम दरवारकाे पुनः निर्माणका लागि अछाम जेसिजले दबावमुलक अभियानहरू समेत संञ्चालन गर्ने जानकारी दिनुभयाे।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.