विद्यालय बन्द भएपनी पढाई रोकिएको छैनः ईकाई प्रमुख गिरी

शिक्षा बिकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले बालबालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि आगामी दिनमा शिक्षकले थप योगदान दिनुपर्ने बताउनु भएको छ । कोरोनाभाईरसको प्रभावका कारण बालबालिकाको शैक्षिक गुणस्तर खस्कीदै जानसक्ने अबस्था आउने भएकाले हरेक शिक्षकले विद्यालय समयको सिमा भन्दापनी थप समय दिनुपर्नेमा जोड दिनु भयो ।

विद्यालय बन्द भएतापनी पढाई बन्द नभएकाले वैकल्पिक प्रविधीको प्रयोग गर्दै हरेक शिक्षक अघी बढनुपर्ने बताउनु भयो । गत वर्षको शैक्षिकसत्रमा विद्यार्थिलाई ठुलो घाटा भएकाले यस बर्ष समेत त्यस्तो अबस्था आउन सक्ने भएकाले घरमा अभिभावकले समेत ध्यान दिनु पर्ने बताउनु भयो ।

यसबर्ष चैतमा शैक्षिक सत्र सम्पन्न हुने बताउदै हरेक बालबालिकालाई समयतालिका बनाएर अध्ययन गर्न आग्रह गर्नु भयो । कुराकानीका क्रममा प्रमुख गिरीले हरेक स्थानिय तहले आफ्नो नगरको समिक्षा गर्दै आगामी दिनमा विद्यालय संञ्चालन गर्नुपर्ने बताउनु भयो ।
अछामका थुप्रै विद्यालयका वालवालिकालाई कोभिड विरुद्धको खोप समेत दिईएकाले अबस्था आगामी दिनमा सहज बन्दै जाने बताउनु भयो । अबस्था सहज बन्दै गए स्वास्थ्यका मापदण्ड पालना गर्दै विद्यालय खुल्ने गिरीले बताए ।
भविष्यका कर्णधार उत्पादन गर्ने विद्यालय मात्र नभई घरपनी भएकाले हरुेक अभिभावकले आफ्नो नानीवाबुको पढाईमा ध्यान दिनुपर्ने सुझाव दिनु भयो । घरका अभिभावकले पढने वातावरण बनाउने, नियमीत गृहकार्य गरे नगरेको समिक्षा गर्ने र शिक्षकको ब्याबस्था समेत गर्नुपर्ने बताउनु भयो ।

