अछाममा महिलाका लागि लोक सेवा र शिक्षक सेवा आयोग तयारी निशुल्क कक्षा संचालन हुदै

Kirci Gyan Kendra

अछाम जिल्लामा महिलाहरुका लागि लोक सेवा र शिक्षक सेवा आयोग तयारी कक्षा संचालन हुने भएका छन । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय अछामले कक्षा संचालन गर्न लागेको हो ।

Samajik New Add 2082

आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महिला सशक्तिकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ बमोजिम महिलाहरुको लागी लोक सेवा राज पत्र अनंकित सहायक स्तर चौथो / पाचौ र शिक्षक सेवा आयोग निम्न माध्यामिक तहका लागि निशुल्क तयारी कक्षा सञ्चालन हुने सामाजिक बिकास कार्यालय अछामका कार्यालय प्रमुख धनराज धामीले बताउनु भयो ।

Saud Agro Kailash

मंगलसेनमा संचालन हुने कक्षामा लोक सेवा आयोग तिरका कक्षाको अवधि ३० दिन दैनिक २ कक्षाको अवधि गरि १५ दिन र शिक्षक सेवा आयोगका लागि सहायक स्तर चौथो / पाँचौ (अप्राविधिक) तह निम्न माध्यामिक तह प्रथम पत्र तहमा ६० कक्षा संचालन हुने बताईएको छ ।

कार्यालयले जिल्लाका १० वटै पालिकालाई जानकारी गराउदै इच्छुक व्यक्तिले २०७८ माघ २९ गते भित्र कार्यालय वा कार्यालयको ईमेल ठेगाना [email protected] मा कागजात सहित आवेदन पेश गर्न सुचना मार्फत आग्रह गरेको छ ।

आयोग तयारी कक्षाका लागी आवेदन सुचना र आवेदन निवेदनको ढाचा यसप्रकार छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.