महिला शसक्तिकरणका लागि १ दिने अभिमुखीकरण कार्यक्रम मंनपा ११ मा सम्पन्न

Kirci Gyan Kendra

महिला शसक्तिकरणका लागि १ दिने अभिमुखीकरण कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपुमा भएको छ । वडा नम्बर ११ का अध्यक्ष डबल सिंह भण्डारीको अध्यक्षतामा भएको तालिमको उदघाटन कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082

प्रमुख अतिथि रावलले हिसां कसैलाई पनि सहेर नबस्न आग्रह गर्नु भयो । हरेकले लिएको ज्ञान ब्याबहारमा ल्याउन सके समाज हुने हिसा न्युनिकरण बन्दै जाने बताउनु भयो । अध्यक्ष रावलले समाजमा हुने हरेक कुकर्मका बिरुद्ध प्रत्येक सजग नागरिक बोल्नु पर्ने बेला आएकाले आफ्नो कर्तब्यबाट कसैलाई पनि नहटन आग्रह गर्नु भयो ।

कार्यक्रमको समापन गर्दै वडा नम्बर ११ का अध्यक्ष डबल सिह भण्डारीले मानिस सिक्ने चरणमा हुने भएकाले परिवर्तन हुन जरुरी रहेको बताउनु भयो । हरेक कार्यक्रम उपलब्धिका लागि गरिने भएकाले सिकेका कुरा ब्याबहारमा लागू गर्न आग्रह गर्नु भयो । आगामि दिनमा महिला, दलित, बालबालिका, अपांग लगाएतका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

Saud Agro Kailash

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ११ का सदस्य पुर्ण रावल, डिल्ली सिह भण्डारी, ललिता वड, पत्रकार कमल रावल अतिथि रहनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा सहभागी महिलालाई हिसांको प्रकृति, अबस्था तथा शाखा बाट हुने सहयोग र पहलका बारेमा मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महतले, बाल विवाह, बहुविवाह, जातिय छुवाछूत लगाएतका घटना भएमा कानुनि सजायको बारेमा प्रहरी चौकि मंगलसेनका ईन्चार्ज अशोक खडका र नगरको समाजिक सुरक्षा शाखाबाट प्रवाह हुने सेवा, सेवाग्राहीले पेश गर्ने आवश्यक कागजातका बारेमा मंगलसेन नगरपालिका एम.आई.एस. अपरेटर होम बहादुर साउदले प्रकाश पार्नु भएको थियो ।

कार्यपालिका सदस्य कौशिल ढुगांनाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव दिल बहादुर बोहराले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.