बालविकास केन्द्रका सहजकर्ताका लागि ४ दिने तालिम सुुरु

प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताका लागि ४ दिने पुनर्ताजगी तालिम मंगलसेन नगरपालिकामा सुरु भएको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना भएको तालिमको उदघाटन मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले गर्नु भएको थियो ।


शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बोहराले जग देखि नै शिक्षामा लगानी भएकाले आगामी दिनमा प्रतिफल आउनुपर्ने बताउनु भयो । बालबिकास केन्द्रका सहजकर्ताले तालिममा सिकेका कुरा अब बाल कक्षामा प्रयोग गर्नुपर्ने बताउनु भयो ।
उदघाटन कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद उपाध्याय अतिथि रहनु भएको थियो । कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपक बहादुर भण्डारीले गर्नु भएको थियो ।
वडाको १ देखि ७ वडा सम्मका बालविकास केन्द्रका सहजकर्ताको सहभागीता रहेको तालिमको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल र सेतो गुराँस अछामका कार्यक्रमका संयोजक मीना ढुंगानाले गरिरहनु भएको छ ।

