सहकारी संस्थाका पदाधिकारीहरुका लागि एक दिने छलफल तथा अन्तरक्रिया कमलबजारमा सम्पन्न

सहकारी संस्थाका पदाधिकारीहरुका लागि एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।

Samajik New Add 2082

नगरप्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगरक्षेत्र भित्रका सहकारी संस्थाका पदाधिकारीहरुलाई सहकारी संस्था संचालनका विविध प्रक्रियाबारे जानकारी गराईएको थियो । कार्यक्रममा सहकारी संस्था संचालन प्रक्रिया, सहकारीको नियमन, दर्ता तथा खारेजी र अनुगमन मुल्याँकन लगायतका विषयमा छलफल गरिएको कमलबजार नगरपालिका सहकारी शाखा प्रमुख डम्मर कुमारी ढुंगानाले जानकारी दिनुभयो ।

नगरक्षेत्रका १६ वटा सहकारीका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा नगर उपप्रमुख भुमिशरण ढकाल बजगाई, प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्ट, प्रशासन शाखा प्रमुख पूर्ण प्रसाद बजगाई लगायतका अतिथि रहनुभएको थियो ।

कार्यक्रम प्रशिक्षकको रुपमा सहजिकरण जिल्ला सहकारी संघ अछामका अध्यक्ष अमर न्यौपाने र मंगलसेन नगरपालिका आर्थिक विकास शाखा प्रमुख तथा सूचना अधिकारी विष्णुप्रसाद जैशीले गर्नुभएको थियो भने संचालन कमलबजार नगरपालिका सहकारी शाखा प्रमुख डम्मर कुमारी ढुंगानाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.