मंगलसेन नगरपालिका ७ मा महिला सशक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत महिला सशक्तिकरण तथा एकिदिने अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिका वडानम्वर ७ मा सम्पन्न भएको छ ।

वडा अध्यक्ष शिद्दराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिमा महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशी, शिक्षा शाखाका प्रा.स. दिपेन्द्र बिष्ट, वडा सचिव धिरेन्द्र भण्डारी, स्वास्थ्यचौकी ईञ्चार्ज धनसरा ढुंगाना लगायत रहनुभएको थियो ।
कार्यक्रममा उद्यमशिलता विकास र व्यावसायीकताका बारेमा उद्यम विकास सहजकर्ता राम बहादुर बुढाले सहजिकरण गर्नुभएको थियो । प्रगतिशिल महिला बहुउदेश्यीय सहकारीका २५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको संचालन नमबहादुर बिष्टले गर्नुभएको वडा सचिव धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
