शान्त समाज निर्माणका लागि मेलमिलापकर्ताहरु अग्रसर हुनुपर्नेः उपाध्याय
मंगलसेन नगररपालिका द्धरा मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम संचालन
मेलमिलापकर्ताहरुका लागि ३ दिने पुनर्ताजगी तालिम मंगलसेन नगरपालिकामा सुरु भएको छ । मंगलसेन नगरपालिका न्यायीक समितिकाे आयाेजना तथा प्राकृतिक श्राेत द्वन्द्व रुपान्तरण केन्द्रकाे सहजपकरणमा ‘दिगाे शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ तालिम सुरु भएको हो ।

मंगलसेन नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयाेजक सरिता उपाध्यायकाे अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका मेलमिलापकर्ताहरुकाे सहभागीता रहेकाे थियो । उदघाटन कार्यक्रममा बाेल्दै उपप्रमुख उपाध्यायले वडास्तरमा हुने ससाना विवादहरुकाे सहजिकरण र समाधानका लागि मेलमिलापकर्ताहरुले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । २०७६ सालमा ४८ घण्टाकाे मेलमिलापकर्ताकाे तालिम लिई मेलमिलाप कार्य गरिरहेकाहरुले पुनर्ताजगी तालिम लिएर अव थप प्रभावकारी रुपमा मेलमिलाप कार्य गर्न आग्रह गर्नुभयो ।
गाउँ समाजमा हुने हिंसा न्युनिकरण गरि शान्त समाज निर्माणका लागि मेलमिलापकर्ताहरु अग्रसर हुनुपर्ने न्यायीक समिति संयोजक उपाध्यायको भनाई छ । सबैको सकारात्मक सहयाेग भएमा मात्र न्यायीक सम्पादन कार्य प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो । तालिममा सक्रियतापूर्वक सहभागीता जनाई तालिमको उदेश्य पूर्ती गरि सक्षम बन्न समेत मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।
प्राकृतिक श्राेत द्वन्द्व रुपान्तरण केन्द्र कैलालीका श्राेतव्यक्ति नेत्र प्रसाद खनालले तालिमको उदेश्यमाथि प्रकाशपार्नुभएको तालिम उदघाटन कार्यक्रममा न्यायीक समिति सदस्य तथा वडानम्वर ३ का अध्यक्ष पदमसिंह भाट, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद उपाध्याय, सूचना अधिकारी बिष्णुप्रसाद जैशी, एम आई एस अपरेटर होम बहादुर साउद, पत्रकार कमल रावल, प्राकृतिक श्राेत द्वन्द्व रुपान्तरण केन्द्र अछामका श्राेत व्यक्ति टंक भण्डारी दगायतका अतिथि रहनुभएको थियो ।
न्यायीक समिति सदस्य काैशिला रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन न्यायीक समितिका उजुरी प्रशासक नरेश बहादुर कठायतले गर्नुभएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिनुभयो ।