नेकपा एस को साथपछि बहुमतमा सुदूरपश्चिम प्रदेश सरकार

२८ भदौ ।

Samajik New Add 2082

एमालेले सर्मथन फिर्ता लिए पनि नेकपा एकीकृत समाजवादीले साथ दिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई बहुमत पुगेको छ।
केही दिनअघि मन्त्री बनेका दुई जनाले राजीनामा दिएसँगै सरकारबाट एमाले फिर्ता आएको थियो।

सोमबार पहिलो पटक धनगढीमा बसेको नेकपा एकीकृत समाजवादीको पहिलो संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ।

अब वर्तमान प्रदेश सरकारलाई माओवादी केन्द्रका १३ र नेकपा एसका १४ जनाको समर्थन छ। प्रदेशसभामा ५३ जना सदस्य रहने यस प्रदेशमा सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्छ।

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको संसदीय दलको बैठकमा सहभागी भएपछि प्रदेशसभा सदस्य दुर्गा विकले जानकारी दिइन्।
उनका अनुसार बैठकमा संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ।

बैठकमा संसदीय दलको नेता चयनका विषयमा पनि छलफल भएको उनले बताइन्। यद्यपि दलको नेता कसलाई बनाउने भन्ने टुङ्गोमा पुग्न नसकेको बताइएको छ।

संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको सांसद विकले बताइन्।

 

-Setopati

Leave A Reply

Your email address will not be published.