बान्निगढी जयगढ गाउँपालिकाको गाउँ सभामा नियमावली र कार्यविधि अनुमोदनका लागि पेश

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash
अछाम : अछामको बान्निगढ जयगढ गाउँपालिकाको ७ औं गाउँ सभाको उद्घाटन सत्र सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सुरुभएको गकार्यक्रममा गाउँ सभामा अनुमोदनका लागि बिभिन्न नियमावली तथा कार्यविधिहरू पेश गरिएका छन् ।
Samajik New Add 2082

जसान्तरगत शिक्षा नियमावली, २०७८, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि, २००८, बान्नीगढी जयगढ गाउँपालिका स्थानीय राजश्व परामर्श समिति कार्य सञ्चालन कार्यविधि गाउँ सभामा पेश गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशिले जानकारी दिनुभयो ।

यस्तै पूर्वाधार व्यवस्थापन प्रणाली कार्यविधि, २०७८, प्राविधिक कर्मचारी फिल्ड सुविधा तथा प्रोत्साहन भत्ता कार्यविधि, २०७४ (पहिलो संशोधन २०७८), कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७८ र आर्थिक ऐन, २०७८ (पहिलो संशोधन २०७८) पनि गाउँ सभामा अनुमोदनका लागि पेश गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिनुभयो ।

यस्तै खर्च नहुने शिर्षकहरु रकमान्तर समेत गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमम गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउद लगायत गाउँ सभाका सबै सदस्यहरुको सहभागीता रहेको थियो ।

-ramaroshantodya

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.