ठुलासैनमा ५६ बर्षपछि टेलिकमको ल्याण्डलाईन एन्टी फाईबरको इन्टरनेट सेवा विस्तार

मंगलसेन नगरपालिका वडा नम्बर ६ हरिनगर बजार ठुलासैनमा नेपाल टेलिकमको ल्याण्डलाईन एन्टी फाईबरको इन्टरनेट सेवा विस्तार भएको छ । ठुलासैन बजार स्थापनाका ५६ बर्ष पछि पहिलो पटक ल्याण्डलाईन र ईन्टरनेट सेवा विस्तार भएको हो । मंगलसेन नगरपालिका वडा नं. ६ बस्ने स्थानिय हरी प्रसाद भण्डारीका अुनसार २०२२ सालमा ठुलासैनमा बजार सुरु भएको थियो ।
तत्कालिन सयमा सामान्य चिया पसलबाट २०२२ सालमा बजार सुरु भएको थियो उनले भने, त्यसपछि तत्कालिन जिल्ला पञ्चयातका सभापती हरी प्रसाद भण्डारीले अछाम जिल्लामा पहिलो पटक बाटो खन्दै गाडी पुर्याएपछि बजारले तिव्रता पायो ।
बजार स्थापना भएको ५६ बर्ष पछि वडा नं. ६ का वडाध्यक्ष जनकराज भण्डारीको बिशेष पहलमा ठुलासैन हरिनगर बजारमा ल्याण्डलाईन संगै फाईबर इन्टरनेट सेवा पनि विस्तार भएको हो । बजार क्षेत्रका लागि प्राप्त ३५ लाईन मध्ये १० वटा जडान भईसकेको र ५ हुने क्रममा रहेको उनले बताए ।
सेवा विस्तार भएसंगै संघसस्था र व्यावसायीहरुका लागि सहज हुने उनले विश्वास गरे । सदरमुकाम नजिक रहेको बजारमा लामो समयमा सम्म ल्याण्डलाईन र ईन्टेर सेवा विस्तार भएको थिएन । ल्याण्डलाईन र ईन्टेर सेवा विस्तार नुहदाँ त्यस क्षेत्रमा संचालित रेडियो, संघसस्था र व्यापारीहरुलाई कठिनाई भएको थियो ।

सदमुकाम संगै जोडिएको बजारमा लामो समय पछि उक्त सेवा विस्तार भएपछि यस क्षेत्रका व्यापारी तथा अन्य नागरिकलाई सेवा लिन सहज हुने अध्यक्ष भण्डारीले बताए ।
८ किलोमिटरको दुरीमा रहेको सदरमुकाम मंगलसेनमा २०५६ सालमै ल्याण्डलाई सेवा विस्तार भएको थियो । तर ठुलासैनमा भने ल्याण्डलाई सेवा विस्तार हुन २२ बर्ष कुर्न पर्यो ।
२२ बर्ष पछि नेपाल टेलिकम संग समन्वय गर्दै वडाध्यक्ष भण्डारीको बिशेष पहलमा सेवा विस्तार भएको हो । ल्याण्डलाई संगै फाईबर नेट विस्तार भएपछि फोन सेवा र ईन्टेरनेटबाट हुने काममा समेत सहजता हुने ठुलासैनका व्यापारी तथा स्थानिय हर्क भण्डारीले बताए ।
यस्तै ठुलासैनमा सञ्चालीत रेडियोहरुका लागि फोनलाईन कार्यक्रम गर्न मोबाईलको प्रयोग गर्नुपर्ने बाध्यता थियो भने अब ल्याण्डलाईनबाट कार्यक्रम संचालन गर्न सकिने रेडियो रामारोशनका स्टेसन म्यानेजर चन्द्र बहादुर थापाले बताए ।
थापाका अनुसार रेडियोमा मोबाईलबाट फोनलाईन कार्यक्रम तथा अन्तरवार्ता लिनु पर्दा प्रष्ट नहुने समस्या थियो अब त्यसको अन्त्य भएको छ । श्रोताहरुबाट पनि यसअघि मोबाईलबाट अन्तरवार्ता र कार्यक्रम गर्दा नसुनिने गुनोसो थियो अब त्यसो नहुँने थापाको भनाई छ ।
