माओवादी केन्द्र तुर्माखाँदको दोस्रो पूर्ण बैठक सम्पन्न

ने क पा माओवादी केन्द्र तुर्माखाँद गाउँपालिका संगठन कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । तुर्माखाँद गाउँपालिका संगठन कमिटी अध्यक्ष मन बहादुर बयकको अध्यक्षतामा भएको बैठकले सचिवालय गठन तथा वडा ईञ्चार्ज तोक्ने लगायतका निर्णय गरेको हो ।

बैठकमा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य अक्कल बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो । यस्तै बैठकमा पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य जोराशिह बिष्ट, मोतिकला चलाउने, रतन बि क लगायत पुर्ब जिल्ला कमिटी सदस्यहरु लगायत विद्यार्थी नेता जगत शर्मा र वाईसिएल नेता लोकेन्द्र बहादुर बिसि लगायतका अतिथि रहनुभएको थियो ।

Janahitkari notice EYE

बैठकले पार्टीको गाउँपालिका कमिटीको सचिवालय गठन गर्नुका साथै सबै वडामा बिभिन्न व्यक्तिलाई वडा ईञ्चार्जका रुपमा जिम्मेवारी प्रदान गरेको त्यहाँबाट जगत शर्माले जानकारी दिनुभयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.