२७ औं जनयुद्ध दिवसको अवसरमा सहिद परिवार सम्मान देखि रक्तदान र शुभकामना आदान-प्रदान

Kirci Gyan Kendra

फागुन १ अर्थात तत्कालिन माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धको सुरुवात गरेको दिन । जनताको मुक्ति र देशमा आमुल परिवर्तनको लागि २०५२ साल फागुन १ गतेबाट माओवादी पार्टीले सशस्त्र १० वर्षे जनयुद्ध गरेको थियो ।

Samajik New Add 2082

देश संघिय लोकतान्त्रीक गणतन्त्रात्मक अवस्थामा आईपुग्नु, संघियता, समावेशी, समानुपातीक प्रणाली संवैधानिक हक अधिकार प्राप्ती र सिंहदरबारको अधिकार र सेवा गाउँसम्म पुग्नुमा आफुहरुकै संघर्षको परिणाम भएको माओवादी नेताहरुले दावि गर्ने गरेका छन । जनयुद्ध सुरुवात भएको दिनलाई माओवादी घटकहरुले हरेक वर्ष दिवसकै रुपमा मनाउँने गरेका छन । पछिल्ला वर्षहरुमा माओवादी घटकहरुले फागुन १ को दिनलाई विशेष दिनको रुपमा मनाउँदै विगतको सम्झना र समिक्षा गर्ने गरेका छन ।

यसैविचः २७ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले अछामका विभिन्न स्थानमा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको आयोजनामा दिवसको अवसर पारि जनयुद्धको आधार ईलाकाको रुपमा रहेको जिल्लाको रामारोशन गाउपालिकामा शहीद तथा वेपत्ताका परिवारलाई भव्य समारोहका विच सम्मान गरिएको छ । वडानम्बर ५ को घट्टेबगरमा कार्यक्रमको आयोजना गरि सहिद तथा वेपत्ता परिवारका आफन्तहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमलाई रामारोशन गाउँपालिका उपाध्यक्ष तथा पार्टिका प्रदेश कमिटी सदस्य सरस्वती रावल, गोविन्द साउद ‘सुमन’ र पहल साउद लगाएत जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेतारुहले सहिद परिवारलाई साक्षी राखि सहिदका सपनालाई साकार पार्दै जनताको मुक्तिको यात्रामा निरन्तर अग्रसर रहने प्रतिवद्दता गरेका छन ।

यस्तै माओवादि केन्द्र मेल्लेख संगठन कमिटीले २७ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मेल्लेख संगठन कमिटीका अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सदस्य बालाराम उपाध्याय र बिशिस्ट अतिथि जिल्ला कमिटी सदस्य गंभिर साउद रहनु भएको थियो । रक्तदान कार्यक्रममा माओवादि केन्द्रका ५ जना युवाले रक्तदान गरेका थिए । साथै रक्तदान कार्यक्रममा जनयुद्धमा बलिदानी दिने सहिद परिवारका आफन्तलाई सम्मान सहीत शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेकपा माओवादि केन्द्र मेल्लेख संगठन कमिटी सचिवालय सदस्य राजेन्द्र बुढा, रमेश बहादुर खड्का लगाएतका नेताको सहभागिता रहेको थियो ।

उता, ढकारी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा जनयुद्ध दिवस मनाईएको छ । माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष नृप बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई नपाल कम्युनिष्ट पार्टि अछामका सचिव तपेन्द्र तिमिल्सिना, माओवादी केन्द्रका नेता तुलाराम उपाध्याय, नेकपाका नेताहरु निरक शाही, लोकेन्द्र शाही, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अछामका अध्यक्ष लाल बहादुर साउद लगायतका नेताहरुले सम्वोधन गरेका थिए । दिवसको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम समेत गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लालबहादुर साउदले जानकारी दिनुभयो ।

यस्तै चौरपाटी गाउँपालिकामा पनि माओवादी केन्द्र गाउँपालिका कमिटीको आयोजनामा जनयुद्ध दिवस मनाईएको छ । पार्टीका नेता कार्यकर्ताहरु विच एक आपसमा शुभकामना आदान प्रदान गरि दिवस मनाईएको पार्टीका प्रदेश कमिटी सदस्य राम बहादुर थापाले बताउनुभयो ।

यसैगरि नेकपा माओवादी केन्द्र साँफेबगर नगरपालिका कमिटीको आयोजनामा पार्टी कार्यालय उदघाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मनोज रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा युवा नेता सुरत भुल बिशिष्ट अतिथि रहनुभएको थियो भने प्रदेश कमिटी सल्लाहकार सदस्य टेक बहादुर बुढा, नेपाली काँग्रेशका जिल्ला सदस्य राम बहादुर कुवर, नेकपा एमालेका जिल्ला सदस्य बालगिरि कुवर, नेकपा एकिकृत समाजबादीका नेतृ अमृता खड्का, माओवादी केन्द्रका नगर कमिटी उपाध्यक्ष गंगा रावत लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन हंश थापाले गर्नुभएको थियो ।

यस्तै माओवादी केन्द्र बान्नीगढी जयगढ गाउापालिका कमिटीको आयोजनामा जयगढमा जनयुद्ध दिवस मनाईएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य लोक बहादुर साउदल लगायतका नेताहरुले सम्वोधन गर्नुभएको अखिल क्रान्तिकरीका नेता भिमसेन ताम्राकारले जानकारी दिनुभयो ।

जिल्लाको कमलबजार नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र मंगलसेन नगरपालिकामा पनि पार्टीको पालिका कमिटीको आयोजनामा २७ औं जनयुद्ध दिवस मनाईएको नेकपा माओवादी केन्द्र अछामले जनाएको छ । मंगलसेन नगरकमिटीको आयोजनामा जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको नगर कमिटी सचिव कमल थापाले जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटी, नगर कमिटी अध्यक्ष राजकुमार सोडारी लगायतको सहभागिता रहेको थियो ।

Saud Agro Kailash

जनयुद्ध दिवसको अवसरमा शहीदहरुको योगदानले प्राप्त उपलब्धी जोगाउन सबैले एक भएर अघि बढनुपर्ने प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटीले बताउनुभएको छ । मंगलखबरसंग संक्षीप्त कुरा गर्दै नेता बोगटीले समृद्ध देश निर्माणका लागि जनयुद्ध लडेका मात्र नभई सबै कम्युनिष्ट एकढिक्का भएर अघि बढनुपर्ने बताउनु भयो । कतिपय वेपत्ता र सहीद परिवारका समस्या अझै पुरा नभएकाले पार्टि पंक्ती समाधान तिर अघि बढिरहेको उहाँले ।

२७ औं जनयुद्ध दिवस नेकपा माओवादी केन्द्र सहित अन्य माओवादी घटकहरुले विभिन्न कार्यक्रमको आयोजना गरि देशैभर मनाएका छन ।

अछाममा जनयुद्ध दिवसः हेर्नुस तस्बिरमा-

चौरपाटी गाउँपालिकामा आयोजित जनयुद्ध दिवसको कार्यक्रम
बान्निगढी जयगढ गाउँपालिकामा आयोजित जनयुद्ध दिवसको कार्यक्रम
ढकारी गाउँपालिकामा आयोजित जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र र नेकपा विप्लवको संयुक्त कार्यक्रम
ढकारीमा आयोजित कार्यक्रम
मेल्लेख गाउँपालिकामा आयोजित जनयुद्ध दिवसको कार्यक्रम पश्चात नेता कार्यकर्ताहरु
रामारोशन गाउँपालिकामा आयोजित कार्यक्रम
रामारोशन गाउँपालिकामा आयोजित जनयुद्ध दिवसको कार्यक्रम
जनयुद्ध दिवसको अवसरमा रामारोशन गाउँपालिकामा आयोजित सहिद, वेपत्ता परिवार तथा घाईते योद्धाको सम्मान कार्यक्रम ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.