एमाले बाब्लाको बिस्तारित बैठक सहित सम्मान कार्यक्रम सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको गाउँ कमिटीको बिस्तारित बैठक एव आठौं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटिका पदाधिकारीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष लोकेन्द्र बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082

प्रमुख अतिथि बोहराले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनका लागि सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गर्नु भयो ।

Mellekh RM1
Saud Agro Kailash

गठबन्धनले एमालेलाई कनै असर नपर्ने बताउदै अध्यक्ष बोहराले वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको बताउनु भयो । कार्यक्रममा जिल्ला सचिव भीम बहादुर रावल कालोटोपीले वर्तमान सरकारले एमसीसी पास गराउने खेल, प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाउने कार्यले देश अनिर्णयको बन्दी बन्दै गएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष सागर सिह बाब्ली, जिल्ला सदस्य अम्बिका कुवर, हेमा नागरी, नगर कमिटी अध्यक्ष ललित कुवर, उपाध्यक्ष ललित नेपाली, सचिव ललित बोगटी, नगर कमिटी सम्पुर्ण सदस्यको सहभागीता रहेको थियो ।

वडा कमिटी सचिव ललित सार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन एमाले नेता कविराज जोशीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.