जनस्वास्थ्यमा केन्द्रित विद्यालय पुन:संचालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम राधा माविमा सम्पन्न
खानेपानी सरसफाई तथा स्वच्छता (WASH) क्रियाकलाप र जनस्वास्थ्यमा केन्द्रित विद्यालय पुन:संचालन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम राधा माध्यामिक विद्यालय मंगलसेन ४ सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा भौतिक उपस्थितिमा सुरक्षित रूपमा विद्यालय पुनःसन्चालन तथा निसंक्रमण प्रोटोकल तथा सरसफाई र सुरक्षाको दीगोपना सम्बन्धी ज्ञान अभिवृद्धि, सरसरसफाइ र निसंक्रमण कार्यविधि सम्बन्धमा स्पष्टता, निसक्रमण उपायका रूपमा क्लोरिन झोलको तयारी र प्रयोगका लागि आवश्यक सीपको विकासका बारेमा जानकारी गराईएको थियो ।
त्यसैगरी (WASH) सुविधालाई ध्यान दिँदै कोभिङ-१९ का साथै अन्य सरुवा रोगहरूको रोकथामका उपायहरू सम्बन्धी ज्ञान र सीप अभिवृद्धि, अभिमुखीकरणका सहभागीहरू सिकाइ पछि ज्ञानमा अभिवृद्धि, सीपमा विकास र व्यवहारमा परिवर्तन देखाउन सक्षम हुने गरि कार्यक्रम गरिएको हो ।
सोही अवसरमा राधा मावि, फिडर विद्यालय मुलपानी आधारभुत विद्यालय र बाल विकास आधारभूत विद्यालयलाई बाल्टी, जर्किन,पोछा, मास्क, ग्लोभ्स, ब्लिचिङ्ग पाउडर, टाबेल, साबुन, स्यानिटाइजर, एप्रोन, फ्लास ब्यानर र मग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, विव्यस, शिअस, प्रअ, तथा कासको सहभागीता रहेको थियो । मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको सहिजकरण शिक्षा शाखा प्रमुख जगत बहादुर रावल र प्राबिधिक सहायक दिपक भण्डारीले गर्नु भएको थियोे ।