देउवा सरकारको दुई महिना पूरा, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउला ?

काठमाडौं :

Samajik New Add 2082

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज दुई महिना पूरा भएको छ।

संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। आफू नियुक्त भएकै दिन आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबाट उहाँले दुई÷दुई जना मन्त्री नियुक्त गरेका थिए। कोरोनाको महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली रहेको भन्दै चौतर्फी आलोचना भएपछि साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए।

त्यसयता मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन्। प्रधानमन्त्री देउवाले अहिले १७ मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेश निस्कृय नभइसकेकाले मन्त्रिपरिषद विस्तारमा समस्या भएको हो। अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने प्रावधान छ। त्यसो हुँदा मन्त्री बन्न नपाए चार जना सांसदले पार्टी फुटाउन सक्ने जोखिम छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाइसके पनि अदालतमा मुद्दा परेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताए।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा मन्त्रालयका नियमित काम कारबाही प्रभावित बन्दै आएका छन्।

-थाहाखबर

Leave A Reply

Your email address will not be published.