माओवादी केन्द्र मंगलसेन नगरकमिटीको पहिलो बैठकद्धारा बिभिन्न निर्णय पारित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मंगलसेन नगर कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष राजकुमार सोडारीको अध्यक्षतामा भएको बैठकमा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा नगर ईञ्चार्ज लोकबहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो । 

बैठकमा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मोतिकला चलाउने र अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष चेतना रेग्मी बिशिष्ट अतिथि रहनुभएको थियो । बैठकका अन्य अतिथिमा पूर्व जिल्ला कमिटी सदस्य ज्ञान रावल, प्राध्यापक संघका सुदूरपश्चिम प्देश सदस्य झपट केसि, जिल्ला सदस्य तथा नगर सहईञ्चार्ज रुप रावल लगायत रहनुभएको थियो ।

Janahitkari notice EYE

बैठकले नगर भरीका प्रत्येक वडामा सङ्गठन बिस्तार र वडा कमिटीका बैठक गर्ने निर्णय गर्नुका साथै २५ जनाको नगर सचिवालय कमिटी गठन गरेको छ । यस्तै नगरका बिभागहरु समेत गठन गरिएको छ । यस्तै अबिरल कुमार भण्डारीको नेतृत्वमा ११ सदस्यीय वाइसीएल नगर कमिटी, भजन सोडारी भण्डारीको नेतृत्व मा ११ सदस्यीय अ. ने. म. संघ क्रान्तिकारी, नरेन्द्र जैगडीको नेतृत्वमा ११ सदस्यीय दलित मुक्ति मोर्चाको नगर कमिटीहरु गठन गरिएको छ । बैठकको सन्चालन नगर कमिटी सचीव कमल थापा ले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.